पथरी : मलेसियामा श्रमीकका कथित नेता बताउने वेद कुमार खतिवडाले पिडित बनाएका दिपेश भट्टराईको पैसा फिर्ता गरेका छन् । खतिवडाले आशिंक रुपमा भएपनि पैसा फिर्ता गरेका हुन् । खतिवडाले पिडित बनाएको बारे कपुरी न्युजले समाचार प्रकाशित गरेको थियो ।

firta

मलेसियाको रोजगारीका क्रममा रहेका बेला भट्टराईलाई नेपाल फर्काइदिने भन्दै खतिवडाले ४ हजार रिङ्गेट असुलेका थिए । रकम असुलेपनि खतिवडाले भट्टराईलाई नेपाल फर्काएका थिएनन् । मलेसियाको क्वालालम्पुरको कोतरायामा रहेको एक लजमा बसेको बेला उनलाई मलेसियाको अध्यागमनले नियन्त्रणमा लिएको थियो ।
४ महिना जेल जिवन बिताएका भट्टराईलाई जेलमा चरम यातना दिइएको थियो । नेपाल फर्किएपछि भट्टराई्ले खतिवडालाई पैसा फिर्ता गर्न आग्रह गरेपनि खतिवडाले वास्ता गरेका थिएनन् । यसैबिच भट्टराईले जिफन्ट केन्द्रिय कार्यालयमा ठगी बारे जानकारी गराएका थिए भने नेपाली दुतावास मलेसियामा पनि यसबारे छलफल भएको थियो । नेपाली दुतावास मलेसियाले बिहिवार तत्काल पैसा फिर्ता गर्न दबाब दिएको थियो ।
यसै बिच मलेसियाको दुतावासले पिडित भट्टराईको पैसा फिर्ता गर्न गरेको निर्देशन पछि खतिवडाले शुक्रबार भट्टराईका नाममा सिटि एक्प्रेस मार्फत ४९ हजार दुईसय तिस नेपाली रुपयाँ फिर्ता गरेका हुन् । शुक्रबार नै पैसा पाएको भट्टराईले बताएका छन् ।