इटहरी : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीले प्रत्येक बर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट आईतबार देखी सुरु भएको छ । खेल महोत्सव अन्तर्गत आइतबार फूटबल र भलिबलका पहिलो चरणका खेलहरु भएका छन् ।

दुहबी स्थित सरस्वती उच्च माविको खेल मैदानमा भएको फूटबलको पहिलो खेलमा महेन्द्र मेमोरियल उच्च माबि दुहबीले धरान उच्च माबिलाई एक-सुन्य गोल अन्तरले पराजित गर्दै बिजयी सुरुवात गरेको छ । दोसो् खेलमा बिष्णु मेमोरियल उच्च माबि धरानले युनिक एकेडेमी झुम्कालाई दुई-एक गोल अन्तरले पराजित गरेको छ । तेस्रो खेलमा लर्डबुद्ध उच्च माबि झुम्काले युरेका स्कूल धरानलाई तीन सुन्य गोल अन्तरले पराजित गरेको छ । 
आइतबार नै भलिबलका पनि पहिलो चरणका खेलहरु भएका छन् ।भलिबल छात्र तर्फको पहिलो खेलमा ज्ञान दर्पण स्कूल तरहराले कोशी सेन्टजेम्स उच्च माबिलाई पराजित गरेको छ । दोसा्रे खेलमा एम्स एकेडेमी धरानले कस्तुरी उच्च माबि इटहरीलाई पराजित गर्दा तेस्रो खेलमा ग्रीनपिस उच्च माबि इटहरीले डिपोट स्कूल धरानलाई पराजित गरेको छ । आइतबार दिउसो भएको चौथो खेलमा पूर्वाञ्चल उच्च माबि तरहराले सिबी कलेज इटहरीलाई पराजित गर्दा लर्डबुद्ध उच्च मावि झुम्काले सुष्मा गोदावारी उच्च मावि इटहरीलाई पराजित गरेको छ ।

भलिबल अन्तर्गत नै छात्रा तर्फको पहिलो खेलमा कस्तुरी उच्च माबिले महेन्द्र मेमोरियल उच्च माबिलाई पराजित गरेको छ । दोसो्र खेलमा बिश्वआदर्शले समिट स्कूल धरानलाई पराजित गर्दा तेस्रो खेलमा ज्ञानदर्पण उच्च माबि तरहराले ग्रीनपिस उच्च माबिलाई पराजित गरेको छ । चौथो खेलमा सुष्मा गोदावारीले डिपोट स्कूललाई पराजित गर्दा पांचौ खेलमा कोशी सेन्टजेम्सले पूर्वाञ्चल उच्च माबि तरहरालाई पराजित गरेको छद। आईतबार सम्पन्न अन्तिम खेलमा युरेका स्कूल धरानले सीबि कलेज इटहरीलाई पराजित गरेको छ ।

एक सातासम्म चल्ले स्पोर्ट मिटमा यस वर्ष फुटबल (छात्र), भलिबल(छात्र/छात्रा), क्रिकेट (छात्र), बास्केटबल (छात्र/छात्रा), टेबल टेनिस (छात्र/छात्रा), ब्याडमिन्टन (छात्र/छात्रा), हाजिरीजवाफ, वक्तृत्वकला, नृत्य लगायत ११ विधा र १५ इभेन्ट्स संचालन हुने छ । सबै इभेन्टमा प्रत्यक्ष रुपमा १२ सय ५० भन्दा बढी र अप्रत्यक्ष रुपमा ८ हजार बढी विद्यार्थीहरुको सहभागिता रहने दाबी गरिएको छ । माघ ११ गते विश्व आदर्श स्कुलमा आयोजना हुने समापन कार्यक्रममा राष्ट्रिय गीतमा नृत्य प्रतियोगिता हुने तथा सप्ताह भरीका विजयी विद्यालयलाई ट्रफी तथा प्रमाणपत्र साथै विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिने छ । समापन समारोहका प्रमुख अतिथिका रुपमा हिसानका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल रहने कार्यक्रम संयोजक सागर भटराईले जानकारी दिए ।