धरान: निरन्तर साहित्यिक गतिविधि गर्दै आएको कालकुट साहित्यिक मञ्चले आफ्नो प्रथम बार्षिक उत्सव तथा सृर्जना वाचनको ९ औं श्रृंखलालाई भव्यरुपमा मनाउने भएको छ ।

मञ्चले यही माघ १८ गते आफ्नो बार्षिक उत्सवलाई सृर्जना वाचनसँगै युवा स्रष्टा सम्मान कार्यक्रम गर्ने भएको हो । १३ नम्बर वडा कार्यालयमा पुर्वका ४ कवि र ४ गजलकारको सृर्जना वाचन हुने मञ्चका अध्यक्ष मणि राई गोठालेले जानकारी दिए । उनका अनुसार हरेक महिना हुदै आएको सृर्जना वाचन कार्यक्रमलाई बार्षिक उत्सवसँगै गर्ने निर्णय भएको छ । ‘बार्षिक उत्सवमा सृर्जना वाचन र युवा स्रष्टा सम्मान कार्यक्रम गर्ने निर्णय भएको छ,’अध्यक्ष राईले भने ।

kalkut1

मञ्चले युवा स्रष्टा सम्मान सुनसरीका युवा कवि प्रकाश दिप्साली राईलाई गर्ने निर्णय पनि गरेको जनाएको छ । मञ्चका अनुसार सृर्जना वाचन कार्यक्रममा इटहरीका कवि देवान किराती, धरानका कवि सन्तोष थेवे, मोरङका कवि प्रदिप योङहाङ र धनकुटाका कवि मुकुन्द प्रयासले कविता वाचन गर्नेछन् ।

यस्तै, सुनसरी चक्रघट्टीकी गजलकार ज्ञानु राई, धनकुटाका गजलकार अनन्त अनुराग, युवराज ठकुरी अज्ञानी र धरानका गजलकार श्रेष्ठ परिक्रमाले गजल सुनाउनेछन् । ‘सबै स्रष्टाहरुले २/२ वटा सृर्जना वाचन गर्नेछन्,’अध्यक्ष राईले भने । साहित्यको उत्थान गर्ने उद्देश्यले गत बर्ष मञ्च स्थापना भएको थियो । मञ्चले हरेक महिनाको पहिलो शनिबार सृर्जना वाचन कार्यक्रम आयोजना गर्दै आइरहेको छ । हालसम्म सृर्जना वाचनको ८ औं श्रृंखला आयोजना भइसकेको छ ।