इटहरी : हिसान सुनसरीको स्पोर्टस मिटमा अन्तर्गत बुधबार हाजिरीजवाफ तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
हाजिरी जवाफ प्रतियोगितामा विश्वआदर्श कलेज इटहरी प्रथम भएको छ ।

महेन्द्र मेमोरियल स्कूल दुहबी द्धितीय हुँदा सिबी कलेज इटहरी तेसा्रे भएको छ । यस्तै मंगलबार नै सम्पन्न वक्तृत्वकला प्रतियोगितामा कस्तुरी माविका सुरेन्द्र भण्डारी प्रथम, एम्स कलेजका प्रिजा राई द्धितीय र धरान आदर्शका रितिक दास तृतीय भएका छन् ।

बुधबार बास्केटबलका सेमिफाइनल खेलहरु पनि सम्पन्न भएका छन । फाइनल खेल बिहिबार बिहान हुने बताइएको छ । क्रिकेट तर्फ पनि समुह चरणका सबै खेल सकिएका छन् । बुधबार भएको पहिलो खेलमा पूर्वाञ्चल माविले डिपोट स्कूललाई २३ रनले पराजित गरेको छ । यस्तै दोसा्रे खेलमा कस्तुरी कलेजले कोशी सेन्टजेम्सलाई ५ विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । सेमिफाइनल खेलहरु भोलि सम्पन्न हुने बताइएको छ । यस्तै फूटबलमा विजयी हुँदै महेन्द्र मेमोरियल, डिपोट मावि, कोशी सेन्टजेम्स र एम्स कलेज सेमिफाइनल प्रवेश गरेका छन् ।

एक सातासम्म चल्ले स्पोर्ट मिटमा यसवर्ष फुटबल (छात्र), भलिबल(छात्र/छात्रा), क्रिकेट (छात्र), बास्केटबल (छात्र/छात्रा), टेबल टेनिस (छात्र/छात्रा), ब्याडमिन्टन (छात्र/छात्रा), हाजिरीजवाफ, वक्तृत्वकला, नृत्य लगायत ११ विधा र १५ इभेन्ट्स संचालन हुने छ । सबै इभेन्टमा प्रत्यक्ष रुपमा १२ सय ५० भन्दा बढी र अप्रत्यक्ष रुपमा ८ हजार बढी विद्यार्थीहरुको सहभागिता रहने दाबी गरिएको छ ।

माघ ११ गते विश्व आदर्श स्कुलमा आयोजना हुने समापन कार्यक्रममा राष्ट्रिय गीतमा नृत्य प्रतियोगिता हुने तथा सप्ताह भरीका विजयी विद्यालयलाई ट्रफी तथा प्रमाणपत्र साथै विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिने छ । समापन समारोहका प्रमुख अतिथिका रुपमा हिसानका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल रहने कार्यक्रम संयोजक सागर भटराईले जानकारी दिए ।