धरान : धरानमा प्रदेश १ स्तरीय पुष्प प्रदर्शनी तथा व्यापार मेला बुधबारदेखी सुरु भएको छ । फ्लोरिकल्चर एशोसिएन नेपाल सुनसरीको आयोजना तथा प्रदेश १ भुमी व्यावस्था, कृषि तथा सहकारी मन्त्रालय र धरान उपमहानगरपालिकाको सहयोगमा चौथो संस्करणको पुष्प मेला पब्लिक माविको खेल मैदानमा सुरु भएको हो ।

आउदो फागुन ४ गते (पाँच दिन)सम्म सञ्चालन हुने पुष्प मेलाको उद्घाटन प्रदेश १ का भुमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले गरेका थिए ।
मेलामा ५२ वटा स्टलहरु राखिएको छ । जसमा करिब ५ सय प्रजातीका फुल तथा बोट विरुवाहरुको प्रदर्शनी तथा विक्रीका लागि राखिएको मेला संयोजक कल्पना लिम्बुले बताइन् । मेलामा मुख्य आकर्षणको रुपमा मोरङको पथरीमा उत्पादन गरिएको ‘सेरामिक गमला’ विक्री कक्ष राखिएको छ । यस पटक फुल प्रेमिहरुले ड्रागन फुड्सको स्वाद चाख्न पाउने भएका छन् ।

स्वास्थ्यको लागि ड्रागन फुड्स राम्रो मानिन्छ । मेलामा बिउविजन, कृषि औजार, उपकरण, कम्पोष्ट मल र कृषिमा प्रयोग हुने विभिन्न विषादीहरुको प्रदर्शनी तथा विक्री कक्ष रहने छ । मेलामा फुल प्रेमीहरु फुल छान्न व्यास्त देखिन्थे । स्वदेशी फुलको प्रबद्र्धनमा जुटेका पुष्प व्यावसायिहरुले बाहिरबाट आयातित फुलहरु पनि प्रदर्शनीमा राखेका छन् । प्रतिगोटा १५ रुपैयाँदेखी डेढ लाख लाखसम्मको फुल तथा आलाङकारिक बोट विरुवा उपलब्ध छन् । स्थानीय स्तरमा उत्पादन गरिएको फुलको प्रबद्र्धनसंगै उपभोक्ताको मागलाई दृष्टिगत गदै मेलाको आयोजना गरिएको एशोसिएसनका सुनसरी अध्यक्ष खगेन्द्र पोख्रेलको भनाई छ । मेलामा झापा, मोरङ, सुनसरी, उदयपुरसम्मका पुष्प व्यावसायिहरुले स्टल राखेका छन् । विभिन्न जिल्लाबाट कृषक तथा व्यावसायिहरुको पनि सहभागीता छ । धरानका विभिन्न विद्यालयबाट विद्यार्थीहरु पुष्प प्रदर्शनी हेन आएका छन् ।

मेला अवधिभर करिब ६० लाखको कारोबार गर्ने र ५५ हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अनुमान छ । कार्यक्रममा बोल्दै राज्यमन्त्री मगरले फुल खेतीको विकास र प्रबद्र्धनको लागि छुटै निकायको स्थापना गर्ने बताए । ‘कृषिसंग आधारित फुल, फल, तरकारी र अन्न महत्वपूर्ण चिज हो, तर फुल क्षेत्रलाई हेर्ने छुटै निकाए छैन’ राज्यमन्त्री मगरले भने ‘फुल क्षेत्रलाई मात्र हेर्ने छुटै निकायको स्थापना गर्नुपर्छ, त्यो हामी पूरा गर्ने म प्रतिबद्धता जनाउनु चाहान्छु ।’ उनले आगामी वर्षदेखी पुष्प व्यावसायिहरुको लागि व्यावस्थित रुपमा सरकार लाग्ने बताए । उनले प्रदेश सरकारले धरानलाई पर्यटन क्षेत्र बनाउने घोषणा गरिसकेको उल्लेख गदै अब फुलको शहर बनाउनको लागि सबै लाग्नुपर्ने बताए ।

11

यस्तै, धरान उपमहानगरपालिकाका मेयर तिलक राईले पुष्प व्यावसायिहरुको वार्षिक कार्यक्रमलाई अझ व्यावस्थित बनाउन सहयोग गर्ने बताए । यस्तै, उदयपुरको बेलका नगरपालिकाका मेयर दुर्गा थापाले मानिसको सुख दुःखमा फुलको आवश्यक हुने भएकोले यसको विकासमा सबै लाग्नुपर्ने बताए । यसको व्यावसायिक खेतीतर्फ आकर्षित गराउन बेलककामा कृषकहरुलाई प्रोत्साहन गरिरहेको समेत बताए । कार्यक्रममा एशोसिएसनका केन्द्रीय अध्यक्ष कुमार कसजु श्रेष्ठले राज्यले फुल किसानलाई बेवास्ता गरेको बताए । उनले भने ‘खाली खानेकुरा उत्पादनलाई मात्र महत्व ठान्छौं, मकै नफलाउदा मकै नै खान नपाउने भन्ने जस्तो गछौं ।’ उनले यसरी कृषि गरेर देश समृद्ध हुन नसक्ने बताउदै फुल खेतीबाट पनि राम्रो आम्दानी लिन सकिने बताए । संघीय संरचना अनुसार संस्थालाई अझ विस्तार गदै लाने उनको भनाई छ ।

एनजिलिया नर्सरी उत्कृष्ठ स्टल

पुष्प व्यावसायिहरुलाई प्रोत्साहन गर्नको लागि आयोजकले विभिन्न चार वटा विद्यामा पुरस्कृत समेत गरेको छ ।
उत्कृष्ठ स्टलमा प्रथम, दोस्रो र तेस्रो, उत्कृष्ठ आलाङकारिब विरुवा, फुल्ने विरुवा र उत्कृष्ठ मौसमी फुल विद्यामा पुष्प व्यावसायिहरुलाई प्रतिस्पर्धा गराइएको थियो । जसमा उत्कृष्ठ स्टलमा ४९ वटा स्टलहरुलाई पछि पादै धरानको एनजलिया नर्सरी प्रथम बनेको छ । यस्तै, दोस्रो र तेस्रो क्रमसः धरानको क्यामेलिया नर्सरी र तरहराको न्यू ऋतु नर्सरी बनेका छन् । उनीहरुलाई ट्रफी र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथी प्रदेश १ का भुमी व्यावस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले प्रदान गरेका थिए । यस्तै, उत्कृष्ठ आलाङकारिक विरुवा विद्यामा हाम्रो गार्डेन नर्सरी घोषित हुदै पुरस्कृत भएको छ । यस्तै, उत्कृष्ठ फुल्ने फुल र मौसमि फुल दुबै विद्यामा धरानको प्रवित्र नर्सरी घोषित हुदै पुरस्कृत भएको थियो ।