धरान : धरान १२ स्थित रहेको बराह ज्वेलरी ईण्डष्ट्रिज प्रा.लीमा सुनसरी लिटल प्रिन्स एण्ड एन्जलको मङ्गलबार आतिथ्य सत्कार सम्पन्न भएको छ ।

एल एण्ड सी मोडल एजेन्सीले आयोजना गरेको सुनसरी लिटल प्रिन्स एण्ड एन्जल सिजन १ मा प्रदेश नं. १ भरिका १६ जना विद्यार्थीहरु सहभागि रहेको सिईओ दिपक गिरीले जानकारी दिए । कार्यक्रमको सहजिकरण ह्वाईट हाउस कलेजका शिक्षक पोषण श्रेष्ठ रहेका थिए, जसमा खानेकुरा दिएर खाने तरिका र अतिथिसँग गरिने बोलिचालिको आधारमा अङक दिएको बताए ।

प्रतियोगिताको फाईनल ३ गते शनिबार उद्योग वाणिज्य संघमा हुने कार्यक्रमका संयोजक निश्चल पलिखेले बताए । कार्यक्रम दिपक गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि बराह गुप्रका पिआरओ सुरेन्द्र सिंह बिश्वकर्मा, बिशिष्ठ अतिथि बराह गुप्रका प्रशासकिय अधिकृत गंगा कालिकोटे, बराह गुप्रका सहायक प्रशासक विशाल बराईली, बराह फेमिलि किचनका म्यानेजर दिपेन बराईली, बराह गुप्रका असडेन सुपर भाईजर अमर कालिकोटेको उपस्थित रहेको थियो ।