धरान : प्रेम दिवश अर्थात फेब्रुअरी १४ भ्यालेन्टाइन डे आज । आजको दिनलाई विश्वभरी नै रहेका युवायुवतीहरुले विशेष दिनको रुपमा मनाउने गर्छन् । महेन्द्र बहुखुखी क्याम्पस धरानका क्याम्पस परिसरमै गुलाफको फूल किनबेच भएको छ ।

महेन्द्रका विद्यार्थीहरु आवद्ध रहेको ‘समर्पण अभियान नेपाल’ नामक एक संस्थाले क्याम्पस परिसर भित्रै गुलाफको फूल बिक्री गरेका छन् । ‘आज आफ्नो प्रेमलाई गुलाफ अर्पण गरौं, सँगै अलिकति प्रेम समाजलाई पनि समर्पण गरौं’ भन्ने नाराका साथ ‘समर्पण अभियान नेपाल’ नामक संस्थाले क्याम्पस परिसरभित्र गुलाफको फूल बिक्री गरेको जनाएको छ ।

२ सय भन्दा बढी गुलाफको फूल बिक्री गरेको उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थी युनेष भण्डारीले बताए । विक्री भएको गुलाफको फूलबाट आएको रकम सामाजिक काममा खर्च गर्ने उनले बताए । उनले ‘समर्पण अभियान नेपाल’ले धरान डेमा पनि चियापान कार्यक्रमको आयोजना गरि १० हजार रुपैयाँ संकलन गरेको बताए ।

rose 1