धरान : हङकङमा एक नेपाली महिलाले एक निजि आवाशिय भवनको छतबाट हाम फालेर आत्महत्या गरेकी छिन् ।

अन्दाजी २७ वर्षीय नेपाली महिलाले गत शनिबार अपरान्ह करिब साढे १२ बजे वानचाइ रोड ४०-५४ अवस्थित एक निजि आवाशिय भवनको ७ तला अग्लो छतबाट हाम फालेकी हुन् ।

घटनाको प्रत्यक्षदर्शीहरुको अनुसार दुर्घटना पुर्व उक्त महिलाको अनौठो गतिविधि देखेपछि सहयोगको लागि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको उपस्थिति सङ्गै उद्दारकर्मीहरुको अनुरोध पश्चात तिनि सुरक्षित स्थानमा फर्किन राजी भएकी थिईन् । तर फर्कने क्रममा अचानक सन्तुलन गुमेपछि उनी खसिन् । सडकमा टाउको बजारिएको घाइते महिलालाई उपचारका लागी एम्बुलेन्सद्वारा नजिकको रोतोन्जी अस्पताल लगिएको थियो । अस्पताल पुर्याइए पश्चात उनलाई मृत घोषणा गरिएको थियो ।
प्राप्त जानकारी अनुसार बृषिका राई नामले चिनिएकी मृतक धरान भिक्टोरिया चौक निबासी भएको बुझिएको छ । आफ्नै निजि आवासमा बस्दै आएकी अविवाहित बृषीकाका दुई दाजुहरु धरान मै रहेको, एक दिदी सिङ्गापुर र बाबा आमाहरु बेलायतमा बस्दै आएको जानकारी प्राप्त भएको छ । आत्महत्या गर्नु पुर्ब मृतकले फोन मार्फत सिङ्गापुरमा रहेकी आफ्नी दिदी सङ्ग लामो कुराकानी गरेको समेत खुल्न आएको छ ।

आत्महत्याको रहस्य बारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । निजलाई नजिकबाट चिन्नेहरुले भने तिनी डिप्रेसनका कारण आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । उनी एकान्तमा बस्न रुचाउने, भिडभाडमा झर्कने, पुस्तक अध्ययन गरिरहने, केही अस्वाभाविक कुराहरु गर्ने जस्ता थाहा भएको छ ।

हङकङको जनसंख्या करिब ७५ लाख रहेको छ । हरेक १ लाख मध्ये १२ जनाले आत्महत्या गरेर ज्यान गुमाउँछन् । आत्महत्या गर्नेमा महिला भन्दा पुरुष सङ्ख्या दोब्बर रहेको छ । हरेक एक लाख पुरुषहरु मध्ये १६.२ ले आत्महत्या गर्ने गरेका छन् भने १ लाख महिलाहरुमा ८.८ ले आत्महत्या गरेको तथ्यांक रहेको छ ।

यो समाचार बगैँचा डटकमले प्रकाशित गरेको छ ।