धरान : सुनसरीको धरानमा जारी २२ औं अन्तराष्ट्रिय आमन्त्रण टुबोर्ग बुढासुब्बा गोल्डकपको फाईनलमा मनाङ मर्स्याङदी क्लब काठमाडौ प्रबेश गरेको छ ।

आज सम्पन्न पहिलो सेमीफाईनल खेलमा युकेएफसी खर्साङ भारतलाई २-० गोल गरि मनाङ मर्स्याङदी क्लब काठमाण्डौ फाईनलमा प्रबेश गरेको हो । खेलको पहिलो हाफको १८ औं मिनेटमा मनाङ मर्स्याङदी क्लबका खेलाडी बिमल रानाले पहिलो गोल गरेका थिए भने अन्तिम ईन्जुरी टाईममा मनाङकै खेलाडी दयानन्द सिँहले गरेको हेडीङ गोलमा परिणत भए पछि मनाङ २-० गोल अन्तरले युकेएफसी खर्साङ भारतलाई पराजित गरि २२ औं बुढासुब्बा गोल्डकपको फाईल खेलको यात्रा तय गरेको हो ।

Budha-subba-Gold-cup-7

निर्धारित खेल समयमा युकेएफसी खर्साङ भारतले मनाङलाई निकै दबाबमा राखे पनि गोल गर्ने मौका भने चुकाएको थियो । आजको खेलमा युकेएफसी खर्साङका वाङ्देन तामाङ, बिरेन प्रधानले पहेलो कार्ड पाएका थिए भने मनाङ मर्स्याङदी क्लब काठमाण्डौका बिमल राना, अन्जान बिष्ट, आदित्य चौधरीले पहेलो कार्ड पाएका थिए । २२ औं बुढासुब्बा गोल्डकपमा आजको खेलमा सबै भन्दा बढी खेलाडीले पहेलो कार्ड पाएका थिए ।

आजको खेलको उत्कृष्ट गोलकर्ता मनाङ मर्स्याङदी क्लब काठमाण्डौका दयानन्द सिँह घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । यसैगरी आजको खेलको म्यान अफ द म्याच युकेएफसी खर्साङका आषिश देवान घोषित भए । उनले नगद १५ हजार प्राप्त गरे ।

प्रशिक्षकको भनाई
फुजा टोपे (प्रशिक्षक ) - मनाङ मर्स्याङदी क्लब काठमाण्डौ
मनाङका खेलाडीलेले टेक्नीकल हिसाबमा खेल खेले । एक दिन मात्रै आरम गरेर खेलेकाले खर्साङसँग निकै सामना गर्न गाह्रो भयो । जे होस सेमी फाईनलको खेलबाट सन्तुष्ट छु ।

उर्गेन लामा (प्रशिक्षक ) - युकेएफसी खर्साङ भारत
नेपालको लिग खेल्ने राम्रो टिमसँग खेल्नु परे पनि आफ्नो खेलाडीले जुन तरिकाले खेल खेले अत्यन्तै सन्तुष्ट छु । टिम दार्जिलिङ डिष्ट्रीककै उत्कृष्ट भए पनि केही जुनियर खेलाडी भएर पनि थोरै कमजोर भईयो । आजको खेलप्रति सन्तुष्ट छु ।