एजेन्सी । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि इटालीमा पनि १० दिनका लागि विद्यालयहरु बन्द गरिएको छ । इटालीमा यसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ ।

चीनको वुहान शहरबाट गत डिसेम्बरमा सुरु भएको कोरोनाको संक्रमण विश्वका ८१ देशमा फैलिएपछि मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । युरोपमा सबै भन्दा बढी इटालीमा कोरोनाका संक्रमितहरु भेटिएका छन् । इटालीमा पूर्व निर्धारित फुटबल प्रतियोगिताहरु पनि स्थगित गरिएको समाचारमा जनाइएको छ ।

corona 1

इटालीमा हालसम्म एक सय ७ जनाको मृत्यु भइसकेको छ । इटालीका २० मध्ये १९ शहरका तीन हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कोरोनाका कारण चीनसहित विश्वभार तीन हजार दुई सय मानिसको मृत्यु भइसकेको छ भने ९० हजार भन्दा बढी प्रभावित भएको समाचारमा जनाइएको छ ।

यता विश्व स्वास्थ्य संगठन डब्लुएचओले भाइरस नियन्त्रणका लागि भइरहेका प्रयासहरु पर्याप्त नभएको बताएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि विभिन्न देशहरुले सीमा नाकामा कडाइ गर्नुका साथै मानिसहरुलाई विभिन्न सभा समारोहमा सहभागी हुन कडाइ गरेको छ ।

त्यसैगरी विमानस्थलसहित सीमा क्षेत्रमा चेकजाँचलाई कडाइ गर्नुका साथै क्वारेन्टाइनहरु पनि स्थापना गरेका छन् ।