धरान  : वाल दिवसको अवसर पारेर धरानको वडा नं १४ मा बालबालिकाहरुद्धारा नै ‘परिवर्तनका स्वरहरु’ नामको नाटक प्रर्दशन गरेका छन् ।
बालमैत्री स्थानीय शासनअन्र्तगत बालमैत्री वडा घोषणा भइसकेको वडा १४ मा दुई स्थानमा बुधबार बिहान नाटक प्रर्दशन भएको थियो । वडामा गठन गरिएको विभिन्न बाल क्लब आवद्ध बालबालिकाहरुले नै सन्देशमुलक नाटक प्रर्दशन गरेका थिए । उनीहरुलाई आरम्भ नाट्य डबलीले नाटक तथा अभिनय प्रशिक्षण गराएका थिए । नाटक प्रर्दशनमा वडा १४ का अध्यक्ष कृष्ण भटराई र दन्तकाली माविको बिशेष सक्रियता रहेको आरम्भका अध्यक्ष एवं रंगकर्मी गोपाल देवानले जानकारी दिए ।
नाटकको लेखन अध्यक्ष देवानले गरेका हुन् भने निर्देशन दन्तकालीका शिक्षकसमेत रहेका रंगकर्मी कृष्ण तिम्सिनाले गरेका हुन् । नाटक वडा नं १४ को विजयपुर चोक र पिण्डेश्वर मन्दिरको प्राङ्गणमा प्रर्दशन गरिएको थियो । बालअधिकारमा आधारित नाटकले सबै बालबालिकाहरुलाई समान अधिकार, पहुँच र सुविधा पाउनुपर्ने वकालत गरे लेखक देवानले बताए । उनका अनुसार राजनीतिक दलको कार्यक्रमहरुमा, धार्मिक कार्यक्रमहरुमा बालबालिकालाई र्यालीमा सहभागी गराउने चलनको पनि नाटकले विरोध गरेको छ । वडा १४ का अध्यक्ष भटराईले धरानको २० वटा वडाहरुमा प्रर्दशनको लागि पहल गर्ने बताए ।