काठमाण्डौ: चर्चित रियालिटी शो नेपाल आइडलको दोस्रो सँस्करण विजेता रवि ओडलाई मातृशोक परेको छ । बुधबार बिहान पानी तान्ने पम्पबाट करेन्ट लागेर रविकी आमा करिब ४५ बर्षीय विष्नादेवी ओडको मृत्यु भएको हो ।

नेपाल आइडलको उपाधि जितेका रविले जितको खुसियाली मनाइरहदा उनीमाथि यो बज्रपात भएको हो । उनी गृहजिल्लामा नै विभिन्न सम्मान तथा अभिनन्दन कार्यक्रमहरुमा ब्यस्त थिए । घटनालगत्तै उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा नै ओडको मृत्यु भएको प्रहरीको भनाई छ । प्रहरीले दिएको जानकारी अनुसार बिहान ७ बजेतिर ओड पानी तान्ने पम्प चलाउन गएको बेला करेन्ट लागेको थियो । अघिल्लो दिन करेन्ट नछुटाइएको कारण पम्पबाट उनलाई करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ ।

ravi-odd

रविका तीन भाइ र दुई बहिनी छन् । २०५४ साल चैतमा टायलको त्यही सानो झुपडीमा जन्मिएका रवि बुवा राजेन्द्र र आमा उमा ओडका तेस्रो सन्तान हुन्। उमाको निधनपछि रविसहित सबै भाइबहिनीलाई विष्नाले नै हुर्काइन्। रविका बुवा राजेन्द्र अहिले पनि भारतमा रोजगारीमा छन् । गरिबीको कारणले हजुरबा, बुबा भारतमा पालेको काम गर्न बाध्य छन् । रवि पनि २०७० सालको निर्वाचनमा म्यादी प्रहरीको जागिर खाएका थिए ।