धरान : गत शनिबारदेखि किरात समुदायको उभौली पर्व शुरु भएको छ । यतिबेला किरात समुदायमा साकेलाको रौनक बढेको छ ।

उभौली पर्व सुनसरीमा १५ दिनसम्म मनाउने किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीले जनाएको छ । सुनसरीका विभिन्न नगर कार्यसमिति, प्रारम्भिक कार्यसमिति, भातृ, भाषिक संस्थाहरुले साकेला मनाइरहेका छन् । वर्षमा २ पटक बैशाखे पूर्णीमा र मंसिरे पूर्णीमामा मनाइने साकेला उभौलीमा यसको रौनक अलिक धेरै चल्छ । यसैक्रममा मंगलबार किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति बराहक्षेत्र ९ र १० को आयोजनामा प्रकाशपुरमा हर्षोउल्लासका साथ साकेला नाचिएको छ । प्रदेश १ को नामाकरण किरात हुनुपर्छ भन्दै साकेला नाचिएको थियो । मधेसको त्यो गर्मि । टन्टलापुर घाम । कुनै प्रवाह नगरी प्रकाशपुरबासीले साकेला नाचेका थिए । साकेलामा केटाकेटीदेखि वृद्धवृद्धासम्म चाच्दै रमाइरहेका थिए ।

1

कार्यक्रमका प्रमुख अतिथी किराया सुनसरीका जिल्ला अध्यक्ष बलराम राईले राज्यले आदीबासी जनजतातीहरुलाई विभेद गरेको आरोप लगाए । राज्यले सबैको संस्कार, संस्कृति जगेर्ना गर्नुपर्नेमा उल्टो विदा कटौती गरेर अन्याय गरेको भन्दै चर्को असन्तुुष्टि पोखे । राज्यले आफुहरुमाथी यसरी नै समान व्याहार नगर्ने हो भने विद्रोह समेत हुने चेतावनी दिए । यस्तै, किराया बराहक्षेत्र नगर सचिब लाल बहादुर राईले किराती राईहरुको संस्कार संस्कृति लोप हुन नदिन सबै सचेत हुनेपर्ने बताए । किराती संस्कार संस्कृति सबैको साझा सम्पती भएको बताए ।

किराया भवन निर्माणमा सहयोगीदाता सम्मानीत

किराया प्राकासा बराहक्षेत्र ९ र १० को किराया भवन बनाउन आर्थिक सहयोगी दाताहरुलाई सम्मानित गरिएको छ ।
प्रकाशपुर बजारमा आयोजित साकेला नृत्य कार्यक्रमको अवसरमा दाताहरुलाई सम्मानित गरिएको हो । भवन निर्माणको लागि स्थानीय अशोक राईले ३५ हजार सहयोग गरेका थिए । राईसहित अन्य सहयोगी जीत बहादुर राई, रमिला राई, लाल बहादुर राई, श्याम बहादुर राईलाई पनि सम्मानित गरिएको किराया प्राकास बराहक्षेत्र ९ र १० का सचिब महेश राईले बताए । उनीहरुलाई किराया जिल्ला सुनसरीकी निवर्तमान अध्यक्ष एबंम किराया केन्द्रीय सदस्य कमला राईले सम्मानपत्र प्रदान गरेकी थिइन् ।

७ जना विजुवा सम्मानित

कुनै पनि समुदायको भाषा, धर्म, संस्कृतिलाई जिवन्त राख्न नाक्छोङ अर्थात विजुवाको ठुलो भुमिका हुन्छ । किन भने उनीहरुले आ–आफ्नो जाती विशेषको भाषा, धर्म, संस्कृति अनुसार पुरोहित काम गर्छन । यसैले, किरात राई समुदायको भाषा, धर्म, संस्कृति बचाउन ठुलो भुमिका खेलेको भन्दै ७ जना नाक्छोङ अर्थात विजुवाहरुलाई सम्मान गरेका छन् । किराया प्राकास बहाराक्षेत्र ९ र १० ले प्रकाशपुरमा आयोजित साकेला नृत्य कार्यक्रममा उनीहरुलाई सम्मानीत गरिएको हो ।

3
सम्मानित हुनेहरुमा नक्कल सिं राई, गम बहादुर राई, फर्ष बहादुर राई, भरत राई, बम बहादुर राई, दिपक राई र अगम बहादुर राई रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी किराया सुनसरी जिल्ला अध्यक्ष बलराम राई, किराया प्राकास बराहक्षेत्र ९ र १० का अध्यक्ष जंग बहादुर राईले सेतो फेटा गुठेर सम्मानपत्रसहित सम्मानीत गरेका थिए । किरात राई समुदायको संस्कार संस्कृति लोप हुन नदिन उनीहरुलाई सम्मानीत गरिएको अध्यक्ष राईले बताए । कार्यक्रममा किराया प्राकास बराहक्षेत्रका ४ वटा प्रकासहरुको नाच टोली सहभागीता थिए ।