मकाउ: किरात राई यायोक्खा मकाउको आयोजनामा हाक्सा विच साकेला पार्क मकाउमा किरातीहरुको महान चाड साकेला उभौली ५०७९ किरात येलेदोङतिथि भन्दा केही दिन पछाडी भएपनि भव्यताका साथ सम्पन्न भएको छ ।

किराया मकाउका संस्थाका अध्यक्ष भिमकुमार राई (किराती) अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति गैरआबसीय संघ मकाउका अध्यक्ष शान्ति देवि अधिकारी रहेकी थिइन् । यस्तै, बिशेष अथिति किराया हङकङका अध्यक्ष हरि सम्पाङ, तमु समाज, किरात याक्थुम(चुम्लुङ, शेर्पा समाज, नेपाली समाज, चाम्लिङ खाम्पातिम हङकङ सल्लाहकार तेज प्रकाश राई साथै विभिन्न विशेष ब्यतित्वहरुको पनि उपस्थिति रहेका थिए । कार्यक्रममा महासचिव मंगल राईले स्वागत मन्तब्य तथा शुभकामना दिएका थिए । उपस्थित महानुभावहरुलाई उत्साहजनक फराकिलो, मार्मिक मुन्धुमी सम्बोधनका साथमा संस्थाका सदस्य कृष्ण सेप्पा याम्फु राईले कार्यक्रम संचालन गरेका थिए ।

भाषिक संस्था चाम्लिङ खामतिमका हङकङका सलाहकार प्रकाश राई, किराया हङकङका अध्यक्ष सुबास साम्पाङ र गैरआबसीय संध मकाउका अध्यक्ष शान्ति देवि अधिकारी लगायतले आफ्नो धारणा राखेका थिए । आफ्नो समुदाय र समाजका विभिन्न क्षेत्रमा विशेष योगदान दिनु हुने व्यक्ति तथा फ़ोटोग्राफ़र प्रकाश बुढाथोकी मगरलाई किराया मकाउले बिशेष सम्मान गरिएको थियो । गतसाल तयार गरिएका साकेल गीत “सिङ्खेउली सेउली गाडेर” लगायतका किराती साकेल गीत कार्यक्रम अवधिभर बजाइएर सिली पनि प्रस्तुत गरिएको किराय मकाउका महासचिव मंगल राईले जानकारी दिए । किरात मुन्धुम अनुसार किराती भेषभुषामा सजिएर ढोल झ्याम्टाका साथ सहभागिता जनाएका किरात तथा गैरकिरात नेपालीहरु माँझ सिलिपा राजेन्द्र साम्पाङ र सिलिमा रीता कुमारी राईको समुहले सिली प्रदर्शन गरेका थिए।