धरान : सरसफाईकालागि सामग्रीहरू उत्पादन गरी स्थानीय युवाहरू स्वरोजगारको अवसर सिर्जना गर्दै व्यावसायिक बन्ने उद्देश्यले स्थापना भएको हसिना ग्रुप प्रा.लि.को वार्षिक उत्सव सम्पन्न भएको छ ।

प्रदेश १ र २ मा सो समूहले उत्पादन गरेका सामाग्रीहरू बजारमा जाने गरेका भए पनि देश भरी नै उत्पादनहरू पुर्याउने लक्ष्य लिएको समूहले जनाएको छ । मोरङको सुन्दर हरैंचा-५ मा “सफाइको लागि हसिना” भन्ने नारा सहित सो समूहले ट्वाइलेट क्लिनर, सेतो फिनेल, कालो फिनेल, डिष्ट्रील वाटर, नीर, ग्लास क्लिनर, तारपीन तेल, स्प्रीट, एसिट, लिक्विड शप उत्पादन गर्दै आएको छ । परशुराम घिमिरे, उमानाथ आचार्य, अशोक कुमार राई, लेखनाथ आचार्य, रोहित राईको समूहले स्थापना गरेको सो उद्योगमा सुरुमा ५० लाख रुपैयाँको लगानीमा सुरु भएको सञ्चालक  आचार्यले बताए । उनका अनुसार १ करोड ५० लाख रुपैयाँ पुगेको छ । सो समूहले १८ जना लाई रोजगारी दिएको छ ।

हाम्रो उत्पादनहरू रुचाइएको भन्दै विक्रेता र उपभोक्तालाई स्वदेशी उत्पादनलाई प्रयोग गरी दिनु भएकोमा सो ग्रुपले धन्यवाद व्यक्त गरे । बजारको माग अनुसार गुणस्तर बढाउँदै लैजाने र राष्ट्र समृद्ध हुनको लागि उत्पादनको महत्त्व पूर्ण भूमिका हुने भएकाले सरकारले पनि उत्पादनलाई प्राथमिकतामा राख्नु पर्ने कुरा राईले बताए ।

विदेशबाट आएका सामानहरूलाई निरुत्साहित गर्दै स्वदेशी सामान प्रयोग गर्ने विषयमा स्थानीय सरकार ले वातावरण सिर्जना गर्नु पर्ने बताए । हसिना सिमसारको प्रचार र पर्यटन वृद्धिमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ हाम्रो उत्पादन गर्ने सामानको नाम “हसिना” नामकरण गरिएको पनि सो समूहले जनाएको छ ।