इटहरी : नेपालीहरूको महान् चाड वडा दसैँ तथा दीपावलीको अवसरमा किस्ताबन्दीमा हेलिकप्टरबाट ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शन गर्न पाइने भएको छ। एरिना होलिडेज ट्राभल्स एण्ड टुरले यस्तो स्किम ल्याएको हो।
कम्पनीका अनुसार जम्मा १८ किस्तामा रकम भुक्तान गर्ने गरी प्रत्येक किस्तामा १७ सय ७७ रुपयौँ तिरेर हेलिकप्टरबाट पाथीभरा दर्शनको व्यवस्था मिलाइएको छ। कम्पनीले ल्याएको यो स्किम यही दसै र तिहार सम्म रहने जानकारी दिएको छ।
कम्पनीले बुकिङ खुला भइसकेको जनाएको छ । हालसम्म ४० जना भन्दाबढिले पाथीभरा दर्शनका लागि बुकिङ गरेको कम्पनीको भनाइ छ।


































































