सुनसरी : हरितालिका तिजको अवसर पारेर दुहबी जेसीजले दोस्रो संस्करणको मिसेज तिज २०७९ आयोजना गर्ने भएको छ । 
दुहबीमा आज पत्रकार सम्मेलनको आयोजना गरी दुहबी जेसीजले यसबारे जानकारी गराएको हो । पछिल्लो समय तीज पर्वमा देखिएको विकृतिलाई हटाउन सम्पूर्ण जातजाति भेषभुषाको सम्मान गर्दै प्रतियोगिता आयोजना गर्ने बताइएको छ ।
दुहबी नगरपालिकाको १२ वटै वडाका महिलाहरू सहभागी हुन पाउने प्रतियोगिताको विजेताले नगद १६ हजार, द्वितीयले ११ हजार र तृतीय हुनेले ८ हजार नगद पाउने आयोजकले जनाएको छ । यस्तै विभिन्न सात विधामा उत्कृष्ट हुने प्रतियोगीले जनही २ हजार १ सय रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । 
आगामी भदौ १४ गते हुने प्रतियोगिता आयोजना गर्न ५ लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । दुहबी नगरपालिकाको संयोजनमा हुने  प्रतिगोयतालाई विभिन्न सङ्घसंस्थाले सहयोग गरेको जनाइएको छ ।