बिराटनगर  : विराटनगर-९ मा अवस्थित बिबिएस र एसिसिए अध्यापन गराउने सोम्स् कलेजले दशै विशेष कार्यक्रम सम्पन्न गरेको छ । बिधार्थीहरुलाइ विजया दशमी-२०७९ को टिका लगाइ आशीर्वाद दिँदै शुभकामना आदानप्रदान गर्नुको साथै सास्कृतीक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।
बिधार्थीहरुलाइ पढाई सँगै व्यवहारिक तथा जीवनोपयोगी शिक्षा उपलब्ध गराउँदै आएको यस कलेज शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको कलेजको दाबी छ । 
हामीले आज सम्म अरू कलेजमा यस प्रकारको कार्यक्रम देख्न नपाएको कुरा स्नातक चौथो वर्षमा अध्ययनरत छात्र सुरज मण्डल बताउँछन् । आधुनिकताको नाममा हाम्रो धर्म सस्कृतीलाइ बिर्सन बाध्य हुँदै गरेका आजका युवायुवतीहरू माझ  धर्म र सस्कृतीको महत्त्वलाई झल्काउन यस्तो खालका विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको र समाज परिवर्तनको एउटा ठुलो आधार मानिने शैक्षिक क्षेत्रले यस्ता खालका कार्यक्रमहरूलाई सघैभरि निरन्तरता दिनु पर्ने सञ्चालक रोशन घिमिरे बताउँछन् ।