चतरा : सुनसरी ४ प्रदेश सभा (क) बाट प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार सदानन्द मण्डल विजयी भएकाका छन् । 
एमाले जसपाका तर्फबाट उम्मेदवार बनेका जसपाका परशुराम बस्नेतलाई पराजित गर्दै मण्डल प्रदेशसभामा सदस्य पदमा  जित हासिल गरेका हुन् । 
मण्डलले १५ हजार १ सय ९८ मत प्राप्त गरी विजयी बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी बस्नेतले १२ हजार २० मत प्राप्त गरेका थिए ।
विजयी भएका मण्डल नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवम् नेपाली काँग्रेस सुनसरीका जिल्ला सदस्य हुन् । 
प्रदेश सभामा ४१ हजार ५ सय ९ मत खसेको छ। प्रदेश सभा (क) मा वराहक्षेत्र नगरपालिकाका वडा नं. ६-११ वडाहरू, रामधुनी नगरपालिकाको ४ नम्बर वडा र कोसी गाउँपालिकाका सम्पूर्ण वडाहरू पर्दछन् । 
उक्त प्रदेश सभामा २०७४ सालको निर्वाचनमा नेकपा एमालेका जगदिस कुसियतले नेपाली काँग्रेसका रेवती रमण दुलाललाई पराजित गरेका थिए ।