इनरुवा : थारु समुदायको नयाँ वर्षको आगमन सँगै थारु बस्तीहरूमा निकै नै हर्ष उल्लास छाएको पाइन्छ । प्राचीन समय देखिनै कला र संस्कृतिमा धनी रहेका यस समुदायमा पछिल्लो समय सम्म आउँदा सर्वाङिन विकास तर्फ चाहेको जस्तो फड्को मार्न नसकेको हुँदा समुदायलाई जागरूक बनाई एकताको सूत्रमा बाधि समय अनुकूल अगाडी बढ्न र हक अधिकार प्राप्तिका लागि अगाडी बढ्न सन्देश दिएको माघी थारु गीत सार्वजनिक भएको छ । 
थारु कला संस्कृति संरक्षण, संवर्द्धन र सन्देशका  निम्ति गायक कुलदिप चौधरीले आदिम ऋषि मुनिकाल देखि नै गुरुका गुरु कमिला अर्थात् (चिमटी) लाई मानेको हुँदा अद्भुत शक्तिका प्रतीक तथा सङ्गठित हुने कमिला (चिमटी)लाई लिन सकिन्छ । त्यसरी नै एक आपसमा सद्भाव, सहयोग, मेलमिलाप र एकले अर्कालाई सम्मान गरी जानू पर्ने भावनाको विकासका निम्ति जोड दिँदै सन्देश मूलक माघी गीतमा जय हो माघी चिमटी ज्ञान दिह उद्धृत गर्दै थारु समुदायलाई सन्देश दिएका छन् ।                                           
उक्त गीतमा कुलदिप चौधरीको सङ्गीत, स्वर र रचना रहेको छ भने सो गीतमा चर्चित गायिका अनुमा चौधरीले दोयटमा साथ दिएकी छिन । यसै गरी चर्चित डाइरेक्सन आस थारुले गरेका छन् भने क्यामेरा म्यान सावनले दृश्य छायाङ्कन गरेका छन् । त्यसै गरी निरोज चौधरीको एरेन्जमा रहेको यस  गीतमा कलर भिडियो मिक्सिङ्ग विशाल चौधरीले गरेका छन्।                
सन्देश मूलक थारु गीतमा चर्चित मोडेलहरू सरोज, नवीन, कुलदिप, मनीषा, प्रतिमा र नितु चौधरीले नृत्य गरेका छन् । यस गीतको छायाङ्कन निम्ति महालक्ष्मी महिला समूह कृतनिया मण्डली कनसमडानले पुर्न रूपले साथ सहयोग गरेको जनाएको छ । यसै गरी थारु महिला सभा जिल्ला सुनसरीकी अध्यक्ष सुशीला लेखि , सीता चौधरी र ममता चौधरीले गेस्ट आरटिसका रूपमा उपस्थिति जनाएका छन् ।
यस भिडियोमा साथ सहयोग गर्ने सम्पूर्ण शुभ चिन्तकहरूमा धन्यवाद दिँदै पुराना दिगज गायक चौधरीले आफू बच्पन देखि थारु गीत सङ्गीतमा समर्पित रहेको जानकारी गराएका छन्। सो माघी गीत केपिएस नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक भएको जनाइएको छ ।