मोरङ : प्रदेशसभाको बैठकले नेकपा एकीकृत समाजवादी पार्टीले टेबुल गरेको किराँत-लिम्बुवान-सगरमाथा प्रदेश नाम अस्वीकृत गरेको छ ।
नेकपा एमालेले दर्ता गराएको कोसी नाम प्रदेश बैठकले पास गरेको छ ।
अब छलफलपछि मतदान हुनेछ। अहिले बैठकमा कोसी नामको विषयमा छलफल सुरु भएको छ ।
यो प्रस्तावमा काँग्रेसले समर्थन जनाएको छ । छलफलपछि आजै मतदान हुनेछ र नाम पास हुनेछ ।