धरान : किरात राई कलाकार सङ्घ सुनसरीको अध्यक्षमा हेमन चाम्लिङ राई चयन भएका छन् । सङ्घको शनिवार सम्पन्न छैटौँ जिल्ला सम्मेलनले अध्यक्ष सहित ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्ष दिलु बान्तवा राई, सचिव सजेष्ट घायल कुलुङ राई ‘निश्चल’, सह-सचिव उमा चाम्लिङ राई, कोषाध्यक्ष सुनिता बान्तवा राई, सह-कोषाध्यक्ष नीलिमा साम्पाङ राई चयन भएका छन् । सदस्यहरू तारा बान्तवा राई, सुदेश बान्तवा राई, विकाश राई र स्मृति लिम्बु राई छन् ।

शनिवार धरान-१० यलम्बर भवनमा भएको सम्मेलनमा गायक तथा सङ्गीतकार मिलन राईलाई सम्मानित गरिएको थियो । उनलाई प्रमुख अतिथि किरात राई सांस्कृतिक कलाकार सङ्घका केन्द्रीय अध्यक्ष रामकर राई, निवर्तमान अध्यक्ष जयकला राईले सम्मान पत्र प्रदान गरेका थिए ।

केन्द्रीय अध्यक्ष राईले किराँती भाषा, संस्कार र संस्कृतिलाई अध्ययन गरेर थप परिमार्जन गर्दै लानु पर्नेमा जोड दिए । सोही अवसरमा सम्मानित मिलन राईको शब्द, सङ्गीत रहेको ’बिनायो बज्यो ओठैले’ बोलको अडियो गीत विमोचन गरिएको थियो ।

किरात राई यायोक्खा, सुनसरी अध्यक्ष राजेन्द्र राई, पत्रकार महासङ्घ सुनसरी जिल्ला अध्यक्ष जनकऋषि राई, सङ्घका केन्द्रीय सचिव सुरज मेवाहाङ, पूर्व सह-सचिव शम्भु राई ‘पृथक्’, पूर्व अध्यक्ष महेन्द्र राई, पूर्व अध्यक्ष चन्द्र बान्तवा राई सम्मेलनमा सहभागी थिए ।

तत्कालीन सचिव हेमनले प्रगति प्रतिवेदन प्रस्तुत गरे । कोषाध्यक्ष ममता राईले आर्थिक प्रतिवेदन प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कोषाध्यक्ष ममता राईले प्रस्तुत गरेका थिए ।

rai-kalakar-sang-2