धरान : धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले कोशी प्रदेश नामाङ्कन खारेजीको माग सहित प्रदर्शनमा घाइते भई निधन भएका पदम लिम्बु लाजेहाङको आत्माको चिरशान्तिका कामना गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन् । 
मेयर साम्पाङले आज उपमहानगरपालिकाबाट औपचारिक समवेदना पत्र जारी गर्दै दिवङ्गत आत्माको चिरशान्ति तथा शोक सन्तप्त परीवरप्रति समवेदना व्यक्त गरेका हुन् ।
समवेदना पत्रमा भनिएको छ ‘प्रदेश सरकारले प्रदेशको नामकरण गरेको विषयमा हाल भइरहेको आन्दोलनका क्रममा घाइते भई धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार गराई रहनु भएका तेह्रथुम जिल्ला साब्लमा जन्मनु भई हाल धरानमा बसोबास गरिरहनु भएका ४२ वर्षीय पदम लिम्बु लाजेहाङको असामयिक निधनले हामी सबैलाई स्तब्ध तुल्याएको छ ।’  
पत्रमा भनिएको छ ‘यस दुःखद घडीमा मृत आत्माको चीर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै हार्दिक समवेदना प्रकट गर्दछु ।’