इटहरी : स्वतन्त्र विद्यार्थी युनियन जनता बहुमुखी क्याम्पसले गणतन्त्र दिवसको अवसरमा अन्तरकलेज स्तरीय वक्तृत्वकला कार्यक्रम आयोजना गर्ने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर स्ववियुले जेष्ठ १४ गते कार्यक्रम गर्न लागेको हो ।

"नेपालमा गणतन्त्रको संस्थागत विकासको लागि विश्वविद्यालयका विद्यार्थीको भूमिका" शीर्षकमा सुनसरी जिल्लाव्यापी अन्तर कलेजस्तरीय वक्तृत्वकला प्रतियोगिता हुने स्ववियु सभापति सहदेव काफ्लेले बताए ।

सम्बन्धित क्याम्पसले प्रतियोगितामा स्नातक वा स्नातकोत्तर तहबाट १/१ जना छात्र/छात्रा गरी जम्मा २ जना पठाउनुपर्ने उनले जानकारी दिए । क्याम्पसले इच्छुक छात्र / छात्राहरूको नामावली जेष्ठ १२ गते बिहान सम्म जनता क्याम्पस प्रशासनमा बुझाउनुपर्ने उनको भनाइ छ ।