धरान : डेंगु महामारी फैलिएको बेला स्वास्थ्य संस्थाहरूको  अनुगमनको नाममा परिचालित पित पत्रकारिता गर्ने कथित पत्रकारबाट स्वास्थ्यकर्मी, प्रयोगशाकर्मी, औषधि व्यवसायीहरूसँग दुर्व्यवहार भएको भन्दै औषधि व्यवसायी सङ्घ, पारा मेडिकल एसोसिएसन र मेलनका धरान प्रतिनिधिहरूले घोर भर्त्सना गरेका छन् । 

बिहीबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले भनेका छन् ‘धरान उपमहानगरपालिकाले सञ्चालन गरेको अनुगमनको नाममा परिचालित पित पत्रकारिता गर्ने कथित पत्रकारहरूबाट भएको दुर्व्यवहारप्रति हामी स्वास्थ्यकर्मी, प्रयोगशालाकर्मी, औषधि व्यवसायी घोर भर्त्सना गर्दछौँ ।’

अनुगमन टोलीको नाममा अनधिकृत व्यक्ति, युट्युबरहरूले धरानका प्रतिष्ठित डाक्टर तपनकुमार तरफदारको भिडियो खिचेर मानमर्दन गर्ने प्रयास गरेको विरोधमा अहिले स्वास्थ्य क्षेत्रमा व्यापक असन्तुष्टि प्रकट गरिँदै छ ।

पछिल्लो पटक आएको संयुक्त वक्तव्यमा अनुगमनलाई सहयोग र समर्थन गर्ने तर, अनुगमनको नाममा डर, त्रास र धम्की, गाली बेइज्जती हुने खालका व्यवहार निरन्तर रही रहेमा स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न असमर्थ हुने जानकारी समेत गराइएको छ ।

स्वास्थ्यकर्मी, प्रयोगशालाकर्मी लगायतले काम बन्द गरेमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेवार धरान उपमहानगरपालिका, अनुगमनको नाममा परिचालित समूह, पित पत्रकार नै हुनुपर्ने चेतावनी वक्तव्य मार्फत दिइएको छ ।

sanyukta 1

sanyukta 2