इटहरी : नव गायिका रिता राउतको नयाँ तिज गीत "तिजमै नाचिन्छ, कम्मर भाँचिन्छ" सार्वजनिक भएको छ ।

सुरेशचन्द्र दाहालको शब्द रचना, राजन क्षेत्रीको सङ्गीत, विनोद बाजरालीकाे एरेन्ज रहेको उक्त गीत पूर्वेली इन्टरटेनमेन्ट मार्फत सार्वजनिक भएको हो ।

वसन्त बस्नेतको निर्देशन, विशाल श्रेष्ठको सम्पादन रहेको उक्त गीतमा रूपा थापाको अभिनय रहेको छ ।

उक्त गीत मोरङ सुन्दरहरैचा  स्थित नयाँ वृन्दावन गौशालाका विभिन्न स्थानहरूमा छायाङ्कन गरिएको छ । 

भिडियो :