धरान : पछिल्लो समय नेपालको टेक्नोलोजी ब्रान्ड भिभोले आक्रामक रूपमा नवीनतम विशेषता भएको आकर्षक स्मार्टफोनहरू बजारमा उपलब्ध गराउँदै आइरहेको छ ।

भिभोले ट्रेन्डी डिजाइन, उत्कृष्ट क्यामेरा र स्मुद कार्यसम्पादन क्षमता भएको वाई सिरिजमा आफ्नो नयाँ स्मार्टफोन भिभो वाई१७एस सार्वजनिक गरेको छ ।

आकर्षक विशेषता भएको वाई१७एस सबैलाई पहुँच योग्य बनाउन भिभोले यो नयाँ स्मार्टफोन निकै आकर्षक तथा सुलभ मूल्यमा सार्वजनिक गरेको हो ।

यो स्मार्टफोनले प्रयोगकर्ताहरूलाई आकर्षित गर्दै बजारमा ग्राहकको मन जित्ने भिभोको विश्वास रहेको छ ।

भिभो वाई१७एसमा एलिगेन्ट डिजाइनलाई प्राथमिकतामा राखिएको छ । स्टाइल र कार्यक्षमता दुवैलाई सहज रूपमा एकीकृत गर्दै यो स्मार्टफोनमा एक ट्रेन्डी डुअल क्यामेरा डिजाइन रहेको छ ।

भिभो वाई१७एस दुई आकर्षक ग्लिटर पर्पल र फरेस्ट ग्रिन कलरमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रभावशाली ५० एमपी पोट्र्रेट क्यामेरा, २ एमपी बोकेह क्यामेरा र ८ एमपी फ्रन्ट क्यामेराको साथ यो स्मार्टफोनले हरेक विवरण खिच्न विकल्पहरूको दायरा प्रदान गर्दछ ।

भिभो वाई१७एस मा ५००० एमएएचको विशाल ब्याट्री रहेको छ, जसले दिनभर निर्बाध रूपमा कनेक्टिभिटी र उत्पादकता सुनिश्चित गर्दछ ।

भिभो वाई१७एस नेपाली बजारमा १६,९९९ मा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।