विराटनगर : विराटनगर-९ मा रहेको सोम्स कलेजले एसीसीएमा भर्ना भएका नयाँ बिधार्थीहरुलाइ अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
धनकुटाको भेडेटार स्थित एक होटेलमा विशेष कार्यक्रमको आयोजना गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको कलेजले जनाएको छ ।
एसीसीए युकेद्वारा संसारका १८१ देशहरूमा सञ्चालित व्यवसायीक विषय हो । शतप्रतिशत रोजगारीको अवसर प्राप्त गर्न सकिने यस विषयमा बिधार्थीहरुको आकर्षण बढ्न थालेको कलेज सञ्चालक दिनेश दाहालले बताए ।
विगत लामो समय देखि राजधानी केन्द्रित एसीसीएको पढाइ सन् २०१८ देखि उपत्यका बाहिर अध्ययन अध्यापन गराउने एक मात्र आधिकारिक संस्था सोम्स कलेज रहेको र पूर्वमा झापा देखि पश्चिममा चितवन सम्मका विद्यार्थीहरू भर्ना गराउन सफल रहेको दाहालले जानकारी दिए ।
कलेजले पढाइको गुणस्तर बृद्धिलाइ पहिलो प्राथमिकतामा राखेको हुँदा राष्ट्रिय स्तरमै उत्कृष्ट नतिजाहरू दिन सफल भएको सहायक क्याम्पस प्रमुख रोशन घिमिरेले जानकारी दिँदै पूर्वी नेपालका एसीसीए अध्ययन गर्न चाहने बिधार्थीहरुको काठमाडौँ जानु पर्ने बाध्यताको अन्त्य भएको बताए ।
अभिमुखीकरण कार्यक्रममा एसीसीए अमित अग्रवालले अन्तर्राष्ट्रिय स्तरको यस कोर्षमा शतप्रतिशत रोजगारी प्राप्त गर्न सकिने भएकाले अन्य कोर्ष भन्दा वर्तमान शैक्षिक बजारमा एसीसीए अति उत्तम रहेको बताए ।
कार्यक्रममा भर्ना भएकी छात्रा सुनिता बरालले अन्य कोर्ष भन्दा कम खर्चमा शतप्रतिशत रोजगारीको अवसर भएकोले र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको दक्ष जनशक्ति बन्न सकिने भएकाले आफूले एसीसीए नै रोजेको बताइन ।
        
                    
        
                                        
                                                                                                
        
                
                
                
                
        
        
















        
        
















































