विराटनगर : शैक्षिक गुणस्तरमा सोम्स कलेज एक पछि अर्को सफलताको साथ एक अब्बल शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गइरहेको छ । यसै क्रममा त्रिभुवन विश्वविद्यालय द्वारा प्रकाशित बिबिएस दोस्रो वर्षको नतिजामा विराटनगर-९ स्थित सोम्स कलेज प्रदेश प्रथम भएको छ। सोम्सकी छात्रा श्रेष्ठले ७०.८ प्रतिशत अङ्क प्राप्त गरी प्रदेश प्रथम भएकी हुन् ।
सोम्स कलेज व्यवस्थापन शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका स्नातक तथा प्रोफेसनल डिग्री अध्ययन गराउने एक उत्कृष्ट शैक्षिक संस्थाको रूपमा परिचित छ। सोम्स कलेज सैद्धान्तिक साथै व्यवस्थापन विषयहरूमा प्रयोगात्मक शिक्षण सिकाइ गराउने प्रदेशकै एक मात्र कलेज हो ।
विद्यार्थीको पहिलो रोजाइमा पर्ने सोम्स कलेजको शैक्षिक वातावरण सहयोगी शिक्षक समूह चुस्त व्यवस्थापन र प्रयोगात्मक सिकाइ क्रियाकलाप हुनु नै आफ्नो सफलताको कारण भएको प्रथम भएकी छात्रा श्रेष्ठले बताइन् ।
हाल यस कलेजमा त्रि.बि.बि. द्वारा सम्बन्धन प्राप्त ४ बर्षे बिबिएस, युकेको एसिसिए, राष्ट्रिय परीक्षा बोर्ड द्वारा सम्बन्धन प्राप्त +२ व्यवस्थापन संकायमा अध्यापन गराइरहेको कलेजका संचालक रोशन घिमिरेले बताए ।


































































