विराटनगर : विराटनगरमा रहेको विराट क्याम्पस स्कुल अफ म्यानेजमेन्ट स्टडिज (सोम्स)ले कलेजमा अध्ययनरत करिब तिन सय विद्यार्थीको बिच वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ। 
कलेजमा व्यवस्थापन सङ्काय अन्तर्गत बिबिएस र अमा दब्लम कलेज सङ्गको समन्वयमा एसिसिए कार्यक्रम सञ्चालनमा रहेको छ । 
वार्षिकोत्सव कार्यक्रममा शिक्षासेवी रामभक्त धमला र धर्मानन्द खरेललाई सम्मान गरेको थियो भने कर्मचारी भानुभक्त घिमिरेलाई कदर पत्र प्रदान गरेको थियो । 
यसै गरी कलेजमा अध्ययनरत बिध्यार्थिहरु मध्ये ८५ प्रतिशत भन्दा बढी अङ्क ल्याउन सफल निहारिका न्यौपाने, ईशा दाहाल, रेणु यादव र किरण यादवलाई प्रमाणपत्र सहित सम्मान गरेको थियो ।
कार्यक्रममा कलेजमा सम्पन्न वक्तृत्वकलामा प्रथम स्थान हासिल गर्ने दुर्गा भुजेल, द्वितीय सरिता सुतिहार, तृतीयद्वय प्रेरणा दास र अन्जु राजवंशी, सान्त्वना सोनी कुमारी यादवलाई पुरस्कृत गरिएको थियो ।
२०४८ साल देखि सञ्चालनमा रहेको यस कलेजले अमा दब्लम कलेज सँग समन्वय गरी एसिसिए प्रोफेसनल  डिग्री समेत सञ्चालन गरिरहेको छ ।