पथरी : चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट शुक्रवारबाट सुरु हुँदैछ ।

पथरी रङ्गशालामा हुने उद्घाटन खेल तेस्रो संस्करणको विजेता सात बाघ र रोयल किङ्ग बिच हुनेछ ।

पथरीशनिश्चरे प्रिमियम लिग क्रिकेट समितिले आयोजना गरेको प्रतियोगितामा नगर भित्रका ७ बटा फ्रेन्चाइज क्लब बिच प्रतिस्पर्धा हुने छ । नगरका प्रमुख मोहन प्रसाद तुम्वापोले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगिता कार्तिक २५ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ३१ हजार रुपैयाँ र ट्रफि प्राप्त गर्नेछ भने उपविजेताले ७१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।