काठमाडौँ : भिभोले वाई सिरिज अन्तर्गत नवीन विशेषता भएको वाई२७एस नेपालमा सार्वजनिक गरेको छ ।

यो नयाँ स्मार्टफोनमा आकर्षक डिजाइन, शानदार पर्फमेन्श र उत्कृष्ट क्यामेरा क्षमताहरू रहेको कम्पनीको दाबी छ ।

अल्ट्रा-स्लिम डिजाइनमा आउने वाई२७एस दुई निकै आकर्षक रङ्ग बरगन्डी ब्ल्याक र गार्डेन ग्रीनमा उपलब्ध हुनेछ ।

वाई२७एस मा ९० हर्ज रिफ्रेस रेट रहेको छ यसमा विशाल ५००० एमएएच ब्याट्री र ४४ वाट फ्ल्यास चार्ज रहेको छ । यसबाहेक, ८ जीवी + ८ जीवी एक्सटेन्डेड र्‍यामले सहज र निर्बाध अनुभव प्रदान गर्दछ । फाइल र डकोमेन्टरू राख्न पर्याप्त ठाउँ उपलब्ध गराउन यसमा २५६ जीवी रोम पनि रहेको छ भने स्मुद र प्रभावकारी कार्यसम्पादनका सुनिश्चित गर्नका लागि क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको छ ।

“भिभोको वाई सिरिजले उपभोक्ताको आवश्यकताहरू पूरा गर्न अथक प्राविधिक आविष्कारहरू गर्दै आइरहेको कम्पनीले जानकारी दिएको छ ।

वाई२७एसमा ५० एमपी एचडी मेन क्यामेरा, २ एमपी बोकेह क्यामेरा र ८ एमपी एचडी फ्रन्ट क्यामेरा लगायतका अत्याधुनिक सुविधाहरू समावेश छन् जसले अतुलनीय फोटोग्राफी अनुभव प्रदान गर्दछ । 

यो स्मार्टफोन उपभोक्ताहरूका लागि रु २४,९९९ को मूल्यमा भिभोका रिटेल आउटलेटहरू र इकमर्स प्लेटफार्महरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।