धरान : विद्यार्थीहरूलाई सार्वजनिक कार्यक्रम सञ्चालन गर्ने तथा बोल्ने कलाशैलीका बारेमा धरान-१६ स्थित सिद्धार्थ शिशु सदनले एक दिने तालिम दिएको छ ।

तालिममा स्कुलका कक्षा ८, ९ र १० का ५६ जना विद्यार्थीहरू सहभागी थिए । उनिहरुलई प्रशिक्षक विष्णु बरालले उद्घोषणकला सम्बन्धी तालिम दिएका हुन ।

बराल धरान जेसीजका पूर्व अध्यक्ष, परिवर्तनका लागि सामाजिक अभियानका अध्यक्ष सुनसरी उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य पनि हुन । विद्यार्थीहरूमा अन्तरनिहीत प्रतिभा प्रस्फुटनका लागि यो तालिमको आयोजना गरिएको बरालले बताए ।

सहभागितामूलक विधिबाट सञ्चालन गरिएको प्रशिक्षणमा उद्घोषकका प्रकार, उद्घोषकका गुणहरू, उद्घोषकले गर्नहुने, गर्न नहुने कुराहरू, माईक्रोफोन र पोडियमको प्रयोग लगायतका कुराहरू सिकाइएको थियो ।

सिक्वेल फाउण्डेशनको आयोजनामा भएको तालिम प्रभावकारी रहेको कोर्डिनेटर संस्कृति मास्केले बताइन । उनका अनुसार फाउण्डेशनले धरानका विभिन्न विद्यालयहरूमा उद्घोषणकला तालिम, गुड टच ब्याड टच, सेल्फ डिफेन्स जस्ता कार्यक्रमहरू पनि गर्दै आएको छ ।

bishnu baral 2 training