धरान : गोधुली रनिङ कप फुटबल प्रतियोगिताको आज मङ्गलवार भएको चौथो दिनको पहिलो खेलमा धरान-१३, धरान-९ लाई ७-१ गोल फराकिलो गोल अन्तरले पराजित गर्दै विजयी भएको छ ।

दोस्रो खेलमा रोमाञ्चक प्रतिस्पर्धापूर्ण खेलमा धरान-६ ले धरान-१६ लाई स्तब्ध बनाउँदै १-० गोलले विजयी भएको छ ।

पहिलो खेलमा धरान-१३ का निश्चल श्रेष्ठले खेलको १० मिनेटमा पहिलो गोल गरेका थिए । सुशान्त राईले ३७ औ मिनेटमा र दोस्रो हाफको २८ औ मिनेटमा अर्को सहित २ गोल गरे ।

विवेक राईले दोस्रो हाफको ५ मिनेट र १७ मिनेटमा २ गोल गरे । दोर्जे तामाङले दोस्रो हाफको १९ र ३१ मिनेटमा थप २ गोल थपेर फराकिलो अन्तर बनाएको हो।

निर्धारित ९० मिनेटको खेलमा धरान-९ का नितेश खड्गीले खेलको ८ औँ मिनेट गरेको १ गोलले टिमको इज्जत बचाएका थियो ।

दोस्रो धरान-६ र धरान-१६ बिचको खेल निकै रोचक प्रतिस्पर्धापूर्ण भएको थियो । उक्त खेलमा धरान-६ निर्मल भुजेलले खेलको १० मिनेटमा १ गोल गरे । निर्धारित समयमा दुवै टिमबाट थप गोल नभएपछि निर्मलको पहिलो गोल नै अन्तिम र निर्णायक बनेको थियो ।

खेलको म्यान अफ द म्याच वडा १३ का निश्चल श्रेष्ठ र धरान-६ का अर्जुन लिम्बु घोषित भए । उनीहरूलाई माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरले प्रायोजन गरेको नगद १५/१५ सय रुपैयाँको चेक सहित जीएफएक्स रेस्टुरेन्टको ५/५ सय रुपैयाँको गिफ्ट ह्याम्पर प्रदान गरियो ।

गोधुली फुटबल प्रतियोगिताको विजेतालाई नगद १ लाख ५० हजार, रनिङ कप ट्रफि, मेडल पुरस्कार प्राप्त गर्नेछ । उपविजेतालाई ७५ हजार, ट्रफि, मेडल प्रदान गरिने छ ।

विजेता तथा उपविजेता दुवै टिमको पुरस्कार रकममा धरान-१८ का वडाध्यक्ष प्रवीणकुमार राईले बाबा आमाको नाममा नगद २५/२५ हजार रुपैयाँ प्रदान गर्ने भएका छन् ।

व्यक्तिगत पुरस्कारमा बेस्ट प्लेयरलाई १५ हजार, हाईस्कोर ७ हजार ५ सय, बेस्ट डिफेन्डर उदीयमान खेलाडी, वेस्ट डिफेन्डर, म्यान अफ दि म्याच, बेस्ट गोलकिपर, बेस्ट कोच, बेस्ट मिडफिल्डरलाई जनही ५ हजार ५ सय प्रदान गरिनेछ । धरान रङ्गशालामा जारी प्रतियोगिता माघ २७ गते सम्म चल्नेछ ।