धरान : गोधुली रनिङकप अन्तर वडा फुटबलको आज बुधवार भएको पहिलो खेलमा धरान-८ ले धरान-४  लाई २-० गोल पराजित गर्दै विजयी भएको छ । दोस्रो खेलमा धरान-१७ ले धरान-२० लाई ४-० गोलले पराजित गर्दै विजयी भयो ।

पहिलो खेल निकै प्रतिस्पर्धापूर्ण थियो । खेलामा धरान-८ का सबिन राना मगरले खेलको ३६ मिनेटमा पहिलो गोल गरे । सुशान्त लिम्बुले खेलको ८१ औ मिनेटमा १ गोल थपे । निर्धारित ९० मिनेटको खेल समयमा धरान-४ ले कुनै गोल गर्न सकेन ।

दोस्रो खेलमा धरान-१७ धरान-२० को विरुद्ध हाबी रह्यो । खेलमा धरान-१७ का मिलन राईले खेलको ९ मिनेटमा पहिलो गोल गरे । ५३ औ मिनेटमा अर्को गोल गर्दै उनी खेलमा २ गोल गर्न सफल भए । सबिन राईले खेलको ३८ औँ मिनेट १ गोल गरे । त्यसैगरी धरान-१७ कै अर्का खेलाडी रोशन मग्रातीले खेलको ७४औँ मिनेटमा १ गोल गरेका थिए । धरान-२० ले निर्धारित समयमा कुनै गोल गर्न सकेन ।

खेलको म्यान अफ द म्याच वडा ८ का सबिन रानामगर र धरान-१७ का मिलन राई घोषित भए । उनीहरूलाई माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरले प्रायोजन गरेको नगद १५/१५ सय रुपैयाँको चेक सहित जीएफएक्स रेस्टुरेन्टको ५/५ सय रुपैयाँको गिफ्ट ह्याम्पर प्रदान गरियो।

गोधुली फुटबल प्रतियोगिताको विजेतालाई नगद १ लाख ५० हजार, रनिङ कप ट्रफि, मेडल पुरस्कार प्राप्त गर्नेछ । उपविजेतालाई ७५ हजार, ट्रफि, मेडल प्रदान गरिने छ ।

विजेता तथा उपविजेता दुवै टिमको पुरस्कार रकममा धरान-१८ का वडाध्यक्ष प्रवीणकुमार राईले बाबा आमाको नाममा नगद २५/२५ हजार रुपैयाँ प्रदान गर्ने भएका छन् ।

व्यक्तिगत पुरस्कारमा बेस्ट प्लेयरलाई १५ हजार, हाईस्कोर ७ हजार ५ सय, बेस्ट डिफेन्डर उदीयमान खेलाडी, वेस्ट डिफेन्डर, म्यान अफ दि म्याच, बेस्ट गोलकिपर, बेस्ट कोच, बेस्ट मिडफिल्डरलाई जनही ५ हजार ५ सय प्रदान गरिनेछ । धरान रङ्गशालामा जारी प्रतियोगिता माघ २७ गते सम्म चल्नेछ ।

godhuli-cup-foot-ball-17