धरान : हिसान सुनसरी खेलकुद सप्ताहको बुधवार भएको बास्केटबल प्रतियोगिताको फाइनल प्रतियोगितामा छात्र र छात्रा दुवै प्रतिस्पर्धाको उपाधि धरान उच्चले चुमेको छ ।

प्रतियोगिताको छात्र र छात्रा दुवै बास्केटबल प्रतिस्पर्धाको उपाधि धरान उच्चका विद्यार्थीहरूले कब्जा गरेको हो । उपाधि सँगै धरान उच्चले बिहीबार कलेज परिसरमा विद्यार्थीहरूलाई सम्मान गरेको छ ।

हिसान बास्केटबलमा छात्रतर्फ सहभागी ८ स्कुललाई पछि पार्दै उच्चका विद्यार्थीहरू प्रथम भएको हो । छात्रातर्फ ३ स्कुल प्रतियोगिताको प्रतिस्पर्धामा सहभागी थिए ।

विजेता विद्यार्थीहरूलाई धरान उच्चका प्रिन्सिपल हेमचन्द्र अधिकारी र वीरेन्द्र मेमोरीयल कलेजका प्रिन्सिपल तारा बहादुर निरौला, धरान उच्चका अध्यक्ष शिवनारायण साहले खादा मालाले सम्मान गरेका हुन् ।

खेलाडीहरूलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल अधिकारीले बताए ।

dharan-uchha-boys-winner-2