विराटनगर : विराटनगर आँखा अस्पताल सँगको सहकार्यमा महानगरपालिकाले १९ वटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

विराटनगर-६ मा आयोजित निःशुल्क स्वास्थ्य शिविरको उद्घाटनको अवसरमा मेयर नागेश कोइरालाले महानगरपालिका जनस्वास्थ्यप्रति संवेदनशील रहको बताउँदै उक्त जानकारी दिएका हुन । उनले निःशुल्क स्वास्थ्य परीक्षण शिविर पनि सबै वडामा सञ्चालन गर्ने बताए ।

रानी प्राथमिक स्वास्थ्य केन्द्र र बैजनाथपुर स्वास्थ्य चौकीलाई अस्पतालमा परिणत गरिने बताउँदै मेयर कोइरालाले यसबाट नगरवासीलाई स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने बताए ।

आवश्यक परेको अवस्थामा महानगरपालिकाले रक्त सञ्चार सेवा मार्फत निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रममा पनि जारी रहेको बताए ।

वडा ६ मा सुरु भएको स्वास्थ्य परीक्षण कार्यक्रम माघ २० गतेसम्म विशेषज्ञ चिकित्सकबाट वडाका विभिन्न टोलमा शिविरको रूपमा सञ्चालन हुनेछ ।

वडाध्यक्ष हरिश्चन्द्र सहनी (अक्षय)ले वडावासीलाई घर आँगनमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताए ।

nisulka aakha sibir 2

nisulka aakha sibir 3