धरान : नेपाल विद्यार्थी सङ्घले वीपी प्रतिष्ठानमा भइरहेको आन्दोलनको कारण अवरुद्ध पठन पाठन यथाशीघ्र सुचारु गर्न माग गरेको छ ।

विद्यार्थीको पढ्न पाउने संविधान प्रदत्त अधिकारमा वीपीमा भइरहेका घटनाक्रमले वञ्चित गरेको कुराप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै नेविसंघ सुनसरी-१ ले शुक्रवार वक्तव्य मार्फत उक्त माग गरेको हो ।

वीपीका कर्मचारी, शिक्षकको जायज मागप्रति साथ समर्थन रहेको उल्लेख गर्दै वक्तव्यमा ‘विद्यार्थीको पड्न पाउने अधिकारलाई कुनै एक व्यक्तिको लहडमा पार्नु हुँदैन, विद्यार्थीको पठन पाठन अवरोध गरेर यसको निकास निस्कन सक्छ ?’ भनी प्रश्न गरिएको छ ।

विद्यार्थीहरूको अध्ययन, अध्यापनका निमित्त जिम्मेवार शिक्षाध्यक्षको रूपमा रहनु भएका व्यक्तिनै यस्तो स्थितिप्रति गम्भीर नहुनु सोभनिय नभएको उल्लेख गर्दै वक्तव्यमा ‘तसर्थ विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई यथाशीघ्र सुचारु गर्न अपिल गर्दछौँ’ भनिएको छ ।

वक्तव्य नेविसंघ सुनसरी-१ का सचिव बादल राईले जारी गरेका हुन ।

NSU-PR