धरान : विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्यमान गतिरोध सुल्झाउन कोशी प्रदेशका  मुख्यमन्त्री केदार कार्कीलाई सहजीकरण गर्न सुनसरी जिल्लाबाट प्रतिनिधित्व गर्ने एमाले प्रदेश सांसदहरूले ध्यानाकर्षण गराएका छन् ।

शिक्षक, कर्मचारी र पछिल्लो समय विद्यार्थी आन्दोलनले अस्पतालको स्वास्थ्योपचार र शैक्षिक कार्यक्रम अलपत्र परेको स्थिति ध्यानाकर्षण पत्र मार्फत जाहेर गर्दै आन्तरिक समस्या सुल्झाउन सङ्घीय सरकार र पदाधिकारीसँग समन्वय र सहजिकरण गर्न आग्रह गरेका हुन ।

आइतबार मुख्यमन्त्री केदार कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउदैं यहाँ भएको आन्तरिक समस्या सुल्झाउन सङ्घीय सरकार र पदाधिकारीसँग आवश्यक समन्वय र सहजिकरण गर्न आग्रह गरेका हुन ।

ध्यानाकर्षण प्रदेश सभा सदस्यहरू विजयकुमार राई, रमेशकुमार बस्नेत, रेवतीरमण भण्डारी, रामप्रसाद महतो, रोहितबहादुर कार्की, रामदेव यादव, मीना श्रेष्ठ लगायतले बुझाएका हुन ।

स्वास्थ्य विज्ञानको उच्च शिक्षा तथा स्वास्थ्य उपचारको लागि महत्त्वपूर्ण संस्था भए पनि विभिन्न कारणले धराशायी बन्दै गइरहेको प्रति सांसदहरूले प्रदेश सरकारलाई गम्भीर बन्न ध्यानाकर्षण मार्फत सुझाव दिएका हुन ।

चिकित्सक तथा कर्मचारीले पद तहको बढुवा तथा स्तरोन्नतिको माग राखी आन्दोलन गरिरहेको कारण विद्यार्थीको पढाइ तथा उपचार लगायतका सेवा प्राय ठप्प भइरहेको कारण ठुलो समस्या उत्पन्न भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ ‘प्रदेशको मुख्यमन्त्री, स्वास्थ्य मन्त्री समेत भएकाले प्रतिष्ठानका पदाधिकारी र सङ्घीय सरकारसँग आवश्यक समन्वय र सहजीकरण गरी समस्याको तत्काल निराकरण गर्न अति आवश्यक भएकाले ध्यानाकर्षण प्रस्तुत गरेका छौँ ।’

PR-cm