वराहक्षेत्र : खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान सहित वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलको समीकरण पूरा भएको छ ।

लिग फर्म्याटमा जारी प्रतियोगिता अन्तर्गतको समूह "ए" बाट वडा नं ३ र वडा नं ७ सेमिफाइनलमा प्रवेश गरेका छन् । त्यस्तै समूह "बि" बाट वडा नं ५ र वडा नं १ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका छन् ।

लिग चरणका पाँच वटा खेलमा तीन खेलमा विजयी दुई खेलमा बराबरी खेल्दै ११ अङ्क सहित वडा नं ३ समूह विजेता बनेको थियो । त्यस्तै वडा नं ७ ले पनि पाँच खेलमा तीन खेलमा जित र दुई खेलमा बराबरी खेल्दै ११ अङ्क प्राप्त गर्दै उप-विजेता बनेको थियो । गोल सङ्ख्याका आँदारमा वडा नं ३ समूह विजेता बनेको हो ।

अब फाइनल प्रवेशका लागि वडा नं ३ ले समूह "बि" को उप-विजेता वडा नं १ सँग र वडा नं ७ ले समूह "बि" को विजेता वडा नं ५ सँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

वडा नं ५ र वडा नं १ ले चार खेलमा तीन खेलमा जित र एक खेलमा बराबरी खेल्दै समान दस-दस अङ्क जोडेका थिए । गोल सङ्ख्याका आँदारमा वडा नं ५ विजेता र वडा नं १ उप-विजेता बनेको थियो ।

प्रतियोगिता अन्तर्गत  पहिलो सेमिफाइनल खेल समूह "ए" को विजेता वडा ३ र समूह "बि" को उप-विजेता वडा नं ७ त्यस्तै दोस्रो सेमिफाइनल खेल समूहको "बि" को विजेता वडा नं ५ र समूह "ए" को उप-विजेता वडा नं ७ का बिच हुनेछ ।

वडा नं.७ देबिघाट स्थित वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिता नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको हो ।

Mayor League Cup 2

Mayor League Cup 3

Mayor League Cup 4