धरान : सुनसरी उद्योग वाणिज्य सङ्घद्वारा आयोजित दोस्रो धरान एक्स्पो उद्योग, व्यापार मेला भोली शुक्रवार देखी धरान–१६ रङ्गशालाको खाली स्थलमा हुरु हुँदैछ ।

सङ्घ द्वारा आज आयोजित पत्रकार सम्मेलनमा एक्स्पोको सबै तयारी पुरा भएको जानकारी दिइएको हो । एक्स्पो फागुन ११ देखी २३ गते सम्म सञ्चालन हुनेछ ।

एक्स्पोमा १५० वटा स्टल बुकिङ भइसकेको छ । एक्स्पो करिब ५ लाखले अवलोकन गर्ने अनुमान गरिएको छ ।

धरानको व्यापार, व्यवसाय तथा उपभोक्ता बजारमा नयाँ चहल पहल ल्याउने विश्वास गरिएको एक्स्पोमा १६ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अनुमान गरिएको अध्यक्ष विजय श्रेष्ठले बताए ।

एक्स्पोमा धरानको स्थानिय उत्पादन, कृषि सामाग्री बेसार, कालो बङ्गुर, तिनपाने, अदुवा, अम्लिसोलाई प्रवर्द्धन गर्दै स्थानिय आर्थिक गतिविधि बढाउन आयोजना गरिएको बताइएको छ ।

उद्योग वाणिज्य महासङ्घ, सङ्घीय सरकारका निकायहरू, कोशी प्रदेश सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा धरान एक्स्पो आयोजना हुन लागेको हो ।

एक्सपोमा स्थानीय उत्पादनसँगै धनकुटा, इलाम, तेह्रथुम लगायतका पहाडी जिल्लाका उत्पादनहरूलाई समेत प्राथमिकता दिएर बिक्री वितरणका लागि राखिने छ ।

एक्स्पोमा कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैङ्क तथा वित्तीय, रेडिमेड तथा कपडा, घरेलु सामानहरूको स्टल रहने स्टल व्यवस्थापन संयोजक विष्णु बरालले जानकारी दिए ।

उनमा अनुसार एक्स्पोमा करिब १०० वटा स्टलहरू  डोम ह्याङ्गरको प्रयोग गरेर  डोम भित्र संवेदनशील वस्तुहरूको  हुनेछन् । बाहिर थप अन्य स्टलहरू हुनेछन् । डोममा स्टल राख्दा हावा, पानी, हुरी बतासले पनि कुनै नोक्सानी हुँदैन ।

एक्स्पोका बिच बेरोजगारहरूलाई स्वरोजगार बनाउन फागुन १३ गते स्वरोजगार गोष्ठी गरिने छ । गोष्ठीमा प्रत्येक वडाबाट एक महिला र एक पुरुषलाई सहभागी गराइनेछ । धरानका होटेल, ट्याम्पो, बस व्यवसायीहरूलाई समेटेर पर्यटन गोष्ठी गरिने छ ।

एक्स्पोमा हरेक साँझ मनोरञ्जनात्मक साङ्गतिक कार्यक्रम, सांस्कृतिक प्रतियोगी आयोजना हुनेछ । हरेक दिन नेपालका चर्चित कलाकारहरूको कन्सर्ट आयोजना गरिने छ ।

Dharan-Expo-3