धरान : दोश्रो पटक धरानमा आयोजित गोर्खा ट्रेल ब्लेजर ८ दशमलव ५ किलोमिटर खुल्ला दौड प्रतियोगिताको पुरुष तर्फ धरानका प्रशान्त तामाङ र महिला तर्फ भोजपुरकी जही राई विजेता भएका छन् ।

आज शनिवार बिहान भएको प्रतियोगिता गोर्खा सिमेष्ट्रिज ट्रष्ट नेपालको आयोजनामा भएको हो । दौडको संयोजन धरान-१८ वडा कार्यालय तथा धरान उपमहानगरपालिकाको सहयोगमा भएको हो ।

पुरुष उपाधि विजेता प्रशान्त तामाङले ३१ मिनट ५९ सेकेन्डमा उक्त दुरी पुरा गरेका थिए । महिला विजेता जुही राईले ४१ मिनट ५४ सेकेन्डमा दौड पुरा गरेकी थिइन् ।

विजेता प्रशान्तले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रशान्त फागुन १२ गते सम्पन्न १२औँ धरान १०के रनमा उपविजेता हुन ।

महिला विजेता जुहिले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । उनी पनि १०के रनमा १६ वर्ष मुनिका विजेता धाविका थिइन् । उनी भोजपुरबाट प्रतियोगितामा भाग लिन धरान आएकी हुन ।

प्रतियोगितामा पुरुष तर्फ पवन राई दोस्रो र राजकुमार शेर्मा तेस्रो वने । महिला तर्फ इन्द्रकला नेम्वाङ निक्की दोस्रो र सिर्जना राई तेस्रो भइन् । दोस्रो र तेस्रो उपाधि विजेता महिला पुरुष खेलाडीहरूले क्रमशः जनही नगद १० ,हजार, ५ हजार, मेडल प्राप्त गरे ।

चोथौ, पाचौ, छैठौ र सातौँ हुने पुरुष र महिला खेलाडीहरूलाई धरान सस्तो म:म पसलका प्रोप्राइटर निर राईले जनही एक एक हजार रुपैयाँ प्रदान गरे ।

चौथो, पाचौ, छैठौ र सातौँ स्थानमा पुरुष तर्फ समिर कन्दङवा, विशाल राई, रोदन राई, एन्जल राई र महिला तर्फ कल्पना राई, जुलिन राई, छेन्वीमाया राई र विनीता राई रहिन् ।

विजेता तथा उपविजेताहरुलाई समापनका सभापति  महेन्द्रकुमार राई, प्रदेश सभा सदस्य मिना श्रेष्ठ, नेपाल ओलम्पिक कमिटी सह-महासचिव पीताम्बर तिम्सिना, वडा २० का अध्यक्ष पदम लिम्बु, सुनसरी बास्केटबल सङ्घ अध्यक्ष नारायण सुवेदी, धरान-१८ वडा सदस्य दिलकुमारी राईले पुरस्कार प्रदान गरे ।

जीवित वीर गोर्खा सैनिकको सम्मानमा आयोजना हुँदै आएको प्रतियोगिता धरान-१८ स्थित रत्न चौक वाट सुरु भएको थियो । चौकवाट सुरु भएको दौड मङ्गलवारे, सर्दु पुल, भन्ज्याङ हुँदै गोर्खा स्मृति पार्कमा समापन भएको थियो ।

रनमा सुनसरी, झापा, मोरङ, उदयपुर, भोजपुर, धनकुटा लगायत जिल्लाबाट ६ सय बढीको सहभागी थिए ।

उक्त अवसरमा प्रदेश सभा सदस्य विजय राई, मिना श्रेष्ठ, धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम बेघा, ओलम्पिक कमिटी सह महासचिव पीताम्बर तिम्सिना, नेपाली काङ्ग्रेस महासमिति सदस्य सुवास राई र इलाका प्रहरी कार्यालय प्रमुख नवराज मल्ललाई फेटा गुथेर सम्मान गरिएको थियो ।

उनीहरूलाई सभापति महेन्द्रकुमार राई, संयोजक धरान-१८ वडाध्यक्ष नरेन्द्रकुमार राई प्रवीण र धरान उपमहानगरपालिका पूर्व मेयर तिलक राईले फेटा बाँधिदिएका थिए । प्रतियोगितामा धरान रनको प्राविधिक सहयोग थियो ।

Gorkha race 2Gorkha Race 3