वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले शुक्रवार वडा नं १ चतराधाम स्थित कुम्भ मेला परिसरमा रहेको पसलहरूमा अनुगमन गरेको छ । चतराधाममा जारी बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा राखेका पसलहरूमा केन्द्रित गरेर पसलहरूमा अनुगमन गरिएको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।

अनुगमनको क्रममा खाद्यका पसलहरू सरसफाइ, म्याद नाघेका खाद्य सामाग्री, मूल्य बढी मात्रामा चिसो पदार्थहरूमा निरीक्षण गरिएको आर्थिक विकास शाखाका प्रमुख तिवारीले बताए ।

म्याद नाघेको सामाग्री, मूल्य बढी राखेर बिक्री वितरण, सरसफाइ लगायतको विषयमा व्यवसायीहरूलाई सचेत गराइएको थियो ।

उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता लगायतका विषयमा अनुगमन टोलीलाई सक्रिय बनाइएको अनुगमन गरिएको अनुगमन समितिकी संयोजक नगर उप-प्रमुख नन्दकुमारी सुनुवारले बताइन् ।

नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र बहादुर मल्ल, आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, नेपाल प्रहरी, नगर प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

kumbha mela anugaman 2