वराहक्षेत्र : नेपाली काँग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ सुनसरी क्षेत्र नं. १ कार्यसमितिको प्रथम अधिवेशनबाट सभापतिमा वराहक्षेत्रका युवा नेता दिनेश खम्बु राई चयन भएका छन् ।

सोमवार सम्पन्न भएको प्रथम अधिवेशनबाट खम्बुको नेतृत्वमा १७ सदस्य कार्यसमिति सर्वसम्मतिबाट चयन भएको नेपाली काँग्रेस सुनसरी क्षेत्र नं.१ कार्य समितिका सचिव तथा प्रवक्ता केशव पुरीले जानकारी दिए ।

कार्यसमितिको उपसभापति रामधुनीकी इन्दु राजधामी र धरानका सन्तोष राई चयन भएका छन् । सचिवमा धरानकी सरिता मोक्ताङ्ग र उज्ज्वल हल्वाइ त्यस्तै सह-सचिवमा वराहक्षेत्रका रामबहादुर श्रेष्ठ र धरानका रिजन तामाङ चयन भएका छन् ।

कार्यसमितिको सदस्यहरूमा धरानका गीता श्रेष्ठ, दीपेश राई, रतन गुरुङ, सगुन लिम्बू, मोहित राई, दिलकृष्ण तामाङ, धनमाया लिम्बू, सङ्गीता सुनुवार, निर्मल राई र वराहक्षेत्रका पुकार तामाङ चयन भएका छन् । त्यस्तै प्रथम अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा धरानका तिलकबहादुर सुनुवार, राजकुमार भुजेल, मन्जिल कसजु, रमिना सुब्बा, रमिता श्रेष्ठ र वराहक्षेत्रका राजदिप लामा चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

धरान स्थित पार्टी कार्यालयमा सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई सोमवार नै नेपाली काँग्रेसका प्रदेश महामन्त्री उमेश थापाले प्रमाण-पत्र वितरण तथा शुभकामना एवम् बधाई व्यक्त गरेका थिए । पार्टी कार्यालयमा आयोजना भएको कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश महामन्त्री उमेश थापाको प्रमुख आतिथ्यमा रहेको थियो ।

नेपाली काँग्रेस सुनसरी क्षेत्र नं १ कार्य समितिका सभापति सुजेन्द्र तामाङको सभाध्यक्षमा आयोजना भएको कार्यक्रममा कोसी प्रदेशका पूर्व प्रमुख डाक्टर गोविन्द सुब्बा, महासमिति सदस्यहरू जगत् कार्की, गोविन्द विश्वकर्मा लगायत सुनसरी क्षेत्र नं.१ कार्य समितिका पदाधिकारी, नेता, बडा सभापतिहरूको आतिथ्य रहेको थियो ।

nepali-congress-janajati-sa