धरान : सुनसरीको भोक्राहा नरसिंह-१ का विष्णु परियारको ७ वर्षीय छोरी विविशा परियारको आइतबार सुनसरी खोलामा डुबेर मृत्यु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार घर नजिकै रहेको खोला छेउमा खेलिरहेको अवस्थामा खेल्दा खेल्दै खोलामा डुबेकी थिइन् ।

मोरङको सुनवर्षी नगरपालिका-७ सुकुम्वासी टोलका श्रीकुमार रिषिदेवको ९ वर्षीय छोरा अमन रिषिदेबको पनि मरिया खोलामा डुबेर मृत्यु भएको छ ।

खोलामा पौडी खेल्न गएका अमन खेल्दा खेल्दै खोलमा डुबेको प्रहरीले जनाएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।