धरान : इटहरी-१० साबिक खनारका ३० वर्षीय सुरेन्द्रकुमार विश्वासलाई आज सोमवार दिउँसो लागुऔषध सहित प्रहरीले विराटनगरमा पक्राउ गरेको छ ।

कोसी प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार विश्वासलाई विराटनगर-१५ एक नम्बर ढाटबाट लागुऔषध ब्युरो विराटनगरको प्रहरी टोलीले ५० चक्की नाइट्राजेपाम ट्याब्लेट सहित पक्राउ गरेको हो ।