धरान : तेस्रो मेजर श्रवणकुमार मेमोरीयल रनिङ कप अन्तर विद्यालय खुल्ला बास्केटबल प्रतियोगिता भदौ २७ गते धरानमा सुरु हुने भएको छ । प्रतियोगिता डिपो स्कुलले आयोजना हुँदै आएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक डिपो स्कुलले प्रतियोगिता ५ दिन भदौ ३१ गते सम्म सञ्चालन हुने जानकारी दिएको छ ।

प्रतियोगितामा झापा, सुनसरी र मोरङका १६ वटा विद्यालय बिच प्रतिस्पर्धा हुने डिपो आदर्श बहुमुखी क्याम्पस प्रमुख राजकुमार राईले बताए ।

प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरू मात्र सहभागी हुन पाउने छन् । विजेता टिमले नगद १५ हजार रुपैयाँ, उपविजेताले नगद ७ हजार ५ सय रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एभिपि र हाइ स्कोर उपाधि प्रदान गरिने छ ।

प्रतियोगिताको संयोजक खड्गसमशेर लिम्बुका अनुसार प्रतियोगिता डिपो स्कुल र दिवङ्गत मेजर श्रवणकुमार लिम्बूको परिवार बिच सहकार्यमा स्थापना गरिएको बताए । मेजर श्रवणकुमारले डिपो स्कुल व्यवस्थापन समितिका अध्यक्ष थिए ।

दोस्रो मेजर श्रवणकुमार मेमोरीयल रनिङ कप बास्केटबल प्रतियोगिताको विजेता होलील्याड स्कुल धरान १५ र उपबिजेता प्रभात सेकेन्डरी स्कुल धरान-१२ भएको थियो ।

लिग नकआउटको आधारमा सञ्चालन हुने प्रतियोगिता धरान १८ डिपो स्कुलको बास्केटबल कोर्टमा सञ्चालन हुनेछ । धरान बास्केटबल सङ्घ र सुनसरी बास्केटबल सङ्घको संयोजक रहेको छ ।