धरानः अनेरास्ववियू क्रान्तिकारीको आज बिहान सम्म चलेको दोस्रो कोशी प्रदेश अधिवेशन चन्द्रबहादुर माङमुलाई अध्यक्ष चयन गर्दै सम्पन्न भएको छ । उनको अध्यक्षतामा ११ पदाधिकारी सहित ५९ सदस्यीय प्रदेश समिति निर्विरोध निर्वाचित भएको छ ।

कार्यसमिति सर्वसम्मतीबाट चयन गर्न अबेर रात सम्म भएको प्रयास अन्ततः सफल भएकोले सहमतीय प्रक्रियाबाट टुङ्गो लागेको निर्वाचन अधिकृत राजेन्द्र किराँतीले बताए ।

प्रदेश कार्यसमितिमा ५ उपाध्यक्षमा पदमप्रसाद खड्का, अम्बिर काजी कुलुङ, विमल कार्की, प्रतिभा साह, देव बाहिङ रहेका छन् । प्रमुख सचिव नयन राई छन् । ५ जना सचिवहरूमा आदेश थापा, हेमराज राई, लक्ष्मी मण्डल, ऋषि राई, प्रदीप घिमिरे रहेका छन् ।

कोषाध्यक्ष पदमा दाबी विरोध भएपछि कोषाध्यक्ष भने चयन हुन सकेन । कोषाध्यक्ष नवनिर्वाचित कोशी प्रदेश समितिको पहिलो कार्यसमिति बैठकले मनोनीत गर्ने निर्णय भएको छ ।

सदस्यहरूमा रोशन न्यौपाने, विजय मगर, बेन्जामिन थापा, आकृति गुरुङ, सुस्मिता लिम्बु, राहुल कटुवाल, मनोज कार्की, मात्रिका ल्वागुन, सज्नु राई, सागर किराँती, चन्द्र प्रसाद श्रेष्ठ, सचिता शर्मा, विक्रम लिम्बु, अबिर सि यक्सो, सम्झना भट्टराई, सुनिता राई रहेका छन् ।

यस्तै उमा राई, नवीन पौडेल, एरिका थापा, असिंस सङ्ग्रौला, सागर विष्ट, लक्ष्मण खतिवडा, गौतम मण्डल र सुष्मा भट्टराई कार्यसमिति सदस्य रहेका छन् । थप सदस्यहरू समितिले चयन गर्ने भएको छ ।

निर्वाचन समितिले सचिव पदका लागि आज बिहीबार निर्वाचन गर्ने भएको थियो । अन्ततः सचिव पदमा सहमति भएको हो ।

प्रमुख निर्वाचन अधिकृत राजेन्द्र किराँती संयोजक रहेको समितिमा अधिवक्ता दर्शन राई, राधिका ओझा, रश्मि प्रधान, चेतना श्रेङ र चोत्लुङ रहेका थिए । निर्वाचन समितिले आज बिहीबार नवनिर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराएको छ ।

student-krantakari