धरान : मिस्टर नेपाल वर्ल्ड २०२४ पुरुष सौन्दर्य प्रतियोगितामा धरानका आदेश प्रधानले फस्ट रनरअप र पब्लिक च्वाईस अवार्ड जितेका छन् ।

पब्लिक च्वाईस अवार्ड र फस्ट रनरअपको उपाधि जितेका प्रधानलाई शनिवार धरानको व्हाईट हाउस कलेजद्वारा बधाई कार्यक्रमको आयोजना गरी शुभकामना तथा बधाई दिइएको छ ।

गत भदौ ८ गते काठमाण्डौमा भएको ग्राण्ड फिनालेमा उनी पुरुष सौन्दर्य प्रतियोगिताको नेपाली संस्करण मिस्टर नेपाल वर्ल्ड २०२४ मा फस्ट रनरअप घोषित भएका हुन । प्रतियोगिताको पब्लिक च्वाइस अवार्ड प्रधानले हासिल गरेका थिए ।

उनलाई बधाई दिन नेपाल चलचित्र सङ्घ कोशी प्रदेशका अध्यक्ष पर्शुराम चौधरी, वरिष्ठ कलाकार प्रेम सुब्बा, चलचित्र महासङ्घ कोशी प्रदेश सल्लाहकार अशोक चेम्जोङ, गायक कृष्ण लुइँटेल, चलचित्र निर्देशक भीम लामा, रविन श्रेष्ठ, नेपाल चलचित्र महासङ्घ कोशी प्रदेश महासचिव दिनेश कोइराला, चलचित्र पत्रकार सुनसरी उपाध्यक्ष मनोज दाहाल सहभागी थिए ।

उनीहरूले नेपाली चलचित्र उद्योगमा चलेका अनुहार भन्दा चम्किलो नयाँ अनुहार आदेश चलचित्रको पर्दामा सुपरस्टार हुने उदीयमान कलाकार भएको बताए ।

प्रधान पूर्वी नेपालबाट धरानका एक प्रतिस्पर्धी थिए । उनका पिता अरुण प्रधान चलचित्र निर्देशक समाजका महासचिव, चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशका अध्यक्ष हुन । माता सङ्गीता प्रधान दम्पतीका जेठा छोरा हुन ।

adesh-pradhan-badhai