धरान  : धरान ब्याडमिन्टन क्लबको आयोजनामा धरान नगर स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता  र कोशी प्रदेश स्तरीय प्रतियोगिता हुने भएको छ ।

हालै विधिवत् दर्ता भएपछि शुक्रवार धरान-१५ कस्तुरी मार्गका स्थापना गरिएको कार्यालय उद्घाटन कार्यक्रममा उक्त क्लबका अध्यक्ष टंक चेलिफुङ लिम्बुले जानकारी दिएका हुन ।

धरान नगर स्तरीय प्रतियोगिता असोज १४ र १५ गते सञ्चालन हुनेछ । कोशी प्रदेश स्तरीय प्रतियोगिता असोज १७, १८ र १९ गते आयोजना गर्न तयारी भइरहेको अध्यक्ष लिम्बुले बताए ।

धरान-१५ मा स्थापना गरिएको क्लबको कार्यालय वडाध्यक्ष नरेश इङवारमले गरेका छन् । प्रमुख अतिथि इङवारमले शारीरिक स्फूर्ति बनाउन खेलिने ब्याडमिन्टन धरानमा निकै लोकप्रिय भएको बताए । उनले धरानका खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न वडाले आर्थिक सहयोग वचन दिए ।

अमर सेवा समाजका अध्यक्ष भूमिराज राईले धरान ब्याडमिन्टन क्लबले आयोजना गर्न लागेको धरान नगर स्तरीय तथा कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिताको सफलताको शुभकामना दिए ।

कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष टंक चेलिफुङ लिम्बुले गरेका थिए ।

badmition